×

मध्य नेपाल

भूकम्पको डरले खुला आकाश मुनि रात बिताउँदा …

भूकम्पको डरले खुला आकाश मुनि रात बिताउँदा …
जाजरकोट । शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन । उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन् । पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम ग...

आबुँखैरेनी गाउँपालिकाद्वारा चेपाङ विद्यार्थीलाई आर्थिक सहयोग

आबुँखैरेनी गाउँपालिकाद्वारा चेपाङ विद्यार्थीलाई आर्थिक सहयोग
आबुँखैरेनी । आबुँखैरेनी गाउँपालिकाले चेपाङ विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । आँबुखैरेनी गाउँपालिकामा स्थायी बसोबास गर्दै आएका चेपाङ जातिका वासिन्दाहरु आर्थिक रुपमा कमजोर रहेकोले गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा अध्ययनरत चेपाङ जातिका विद्यार्थीहरुलाई गास, बास र आवास सहित माध्यमिक तहसम्मको अध्ययनमा लाग्ने सम्पुर्ण खर्च गाउँपालिकाले जिम्मा लिने नीति अनुसार सो सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चेपाङ विद्यार्थीलाई शैक्षिक सहयोग वापत वार्षिक ६० हजार रुपैँय...

डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते
धनगढी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् ।आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबि...

स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान

स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।भूकम्पमा परी दुई जिल्लामा ६० जना बढीको मृत्यु भइसकेको छ ।

सर्वोच्चको आदेशसँगै बाँकेबाट पक्राउ परे रिगल

सर्वोच्चको आदेशसँगै बाँकेबाट पक्राउ परे रिगल
काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ लाई सर्वोच्च अदालतको आदेशसँगै प्रहरीले बाँकेबाट पक्राउ गरेको छ। सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए । चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले स‌ंविधान दिवशको अवसरमा आममाफी दिएका थिए ।

११ जिल्लाका सिडिओसहित गृहका ३८ अधिकारीको सरुवा

११ जिल्लाका सिडिओसहित गृहका ३८ अधिकारीको सरुवा
काठमाडौँ । ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ३८ जना उपसचिवहरूको सरुवा भएको छ । गृह मन्त्रालयले बुधवार उपसचिव प्रमुख जिल्ला अधिकारी रहने विभिन्न ११ जिल्लाका सिडिओ र मातहतका उपसचिवहरूको सरुवा गरेको हो । अवधि पुगेका प्रजिअसहित मन्त्रालयको अतिरिक्तमा रहेका र मातहतमा कार्यरत उपसचिवहरूको व्यवस्थापन गरिएको हो ।

गुल्मीमा जंगली च्याउ खाएर ३ जना बिरामी

गुल्मीमा जंगली च्याउ खाएर ३ जना बिरामी
गुल्मी । गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् ।जिल्लाको इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक(डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए । जंगली विषालु च्याउ खाएर बिरामी परेका तीन जनालाई थप उपचारको लागि पाल्पास्थित मिसन अस्पतालमा उपचारको लागि लगिएको छ ।उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु
काठमाडौँ । करिब एक घण्टा अगाडि बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको मृत्यु भएको छ ।बाराको सिडिओ नवराज सापकोटाका अनुसार घाइते प्रिन्सिपल स्वर्णकारको मृत्यु भएको हो ।अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रजिअ सापकोटाले बताए । अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ । कल...

उच्च शिक्षा अध्ययन गर्न भन्दै हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश

उच्च शिक्षा अध्ययन गर्न भन्दै हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश
काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक करिब २ सय बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिने गरेका छन् । नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए तापनि पढाइसँगै कमाइ गर्ने योजनाअनुसार अधिकांश विद्यार्थी माध्यमिक शिक्षा (कक्षा १२)उत्तीर्ण हुनासाथ विदेशिने गरेका छन् । शाखा प्रमुख उपसचिव देवका ढकालका अनुसार चालु आर्थिक...