×

मध्य नेपाल

छोराको कुटपिटबाट मकबानपुरमा आमाको मृत्यु

छोराको कुटपिटबाट मकबानपुरमा आमाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मनहरी गाउँपालिका-५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब निरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार सन्तमायालाई कात्तिक २७ गते डिलबहादुरकी जेठी श्रीमतीका २६ वर्षीय छोरा इन्द्रबहादुर चेपाङले कुटपिट गरी घाइते बनाएका थिए ...

दाङमा दाजुभाइ मृत अवस्थामा भेटिए

दाङमा दाजुभाइ मृत अवस्थामा भेटिए
दाङ। दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् ।तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए । उनीहरू बस्दै आएको घरमा घरधनी भने बस्ने गरेका थिएनन् । मृतक टेकबहादुरकी श्रीमती रुकुम ...

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदै

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदै
काठमाडौं–मिथिलाञ्चल मूल थलो भएकाहरूले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गर्दैछन्। पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्। यसअघि आइतबार अपराह्न व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए। छठका व्रतालुले कार्तिक शुक्ल षष्ठीको अपराह्न अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। तर तिथिको घटबढका कारण सोमबार अष्टमी तिथि परेको छ। आइतबार बिहान षष्ठी तिथि परेको थियो भने बिहान ७ः५२ मै सप्तमी ...

जनकपुरमा छठ पूजाको तयारी पूरा 

जनकपुरमा छठ पूजाको तयारी पूरा 
जनकपुरधाम । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । आज अस्ताउँदो सूर्यको पूजा गर्न जनकपुरका व्रतालुहरुले तयारी पूरा गरेका छन् । आज अस्ताउँदो सूर्यलाई अर्घ दिन जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायत जलासय किनारमा बनाइएका छठ घाटमा पूजासामग्री सहित भक्तजन पुगेका छन् । पूजा सामग्रीहरुले पोखरी किनार भरिएका छन् । छठ घाट सफासुघ्घर गरी विशेषरूपमा सजाइएको छ । श्रद्धापूर्वक मनाइने छठ पर्व...

तनहुँको बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल

तनहुँको बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल
दमौली । चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो । बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रधानले यो बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय भएको बताउनुभयो । प्रधानले भन्नुभयो, “यो पर्यटकको घुम्ने समय हो । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको आगमन बढ्दै...

देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु
नवलपुर । पूर्वी नवलपरासीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।आइतबार बिहान साढे ११ बजे बुलिङटार गाउँपालिका मालडाँडाबाट कावासोती आउदै  गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलले जानकारी दिए। उनका अनुसार ७ जना सवार उक्त गाडीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।देवचुली नगरपालिका-९ स्थित एस-मोडमा चालकले गाडी घुमाउन नसक्दा घरमा गएर ठोक्किएको डिएसपी पौडेलले बताए।‘तिव्र गतिका कारण दुर्घटना भएको देखिन्छ। घुम्...

अक्सफोर्डका विद्यार्थीले जापानको ईन्जिनियरिङ कम्पनीमा रोजगारी पाउने

अक्सफोर्डका  विद्यार्थीले जापानको ईन्जिनियरिङ कम्पनीमा रोजगारी पाउने
गैँडाकोट। नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड) कलेजले ले जापानको एक इन्जिनियरिङ कम्पनीसँग ऐतिहासिक सम्झौता गरेको छ । जापानको राजधानी टोकियोमा रहेको आईएमएसी (IMSG) इन्जिनियरिङ कम्पनीसँग अक्सफोर्डले इन्जिनियरिङ र कम्प्युटर विषयको चारबर्षे कोर्ष  उर्तिण भएका विद्यार्थीहरुको लागि रोजगारी दिलाउने विषयमा सम्झौता गरेको हो । सहमतीपत्रमा आइएमएसीका जनरल म्यानेजर हिरोकजु र अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले हस्ताक्षर गर्...

ठुलो संख्यामा सहसचिवको सरुवा गर्ने तयारी

ठुलो संख्यामा सहसचिवको सरुवा गर्ने तयारी
काठमाडौ । सरकारले एकैसाथ ५० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदमा कम्तिमा ५५ जना सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लगेको छ । प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि मन्त्रीहरुको राय सुझाव लिएर मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सूची प्रमाणीकरण गर्नेछन् । त्यसैले सो सूचीमा हेरफेर र थपघटको सम्भावना छ । स्रोतका अनुसार सहसचिवहरुको सरुवा हुन...

राष्ट्रपति पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्रमा जाने

राष्ट्रपति पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्रमा जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् ।प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि...