×

मध्य नेपाल

नवलपुरको हुप्सेकोटमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

नवलपुरको हुप्सेकोटमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु
गैँडाकोट । नवलपुरको हुप्सेकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाईते भएका छ्न ।हुप्सेकोट गाउँपालिका–३ बेलहानीको भित्रि सडकखण्डमा झ्यालबासबाट गिरबारी तर्फ जादैं गरेको लु.३६.प ५४९७ नम्बर को मोटरसाईकल चालकले नियन्त्रण गुमाएर भएको दुर्घटनामा अन्दाजी २५ वर्षका एक पुरुषको मृत्यु भएको हो । उनको यो खबर तयार पार्दासम्म परिचय खुल्न सकेको छैन । उनको शव पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ । दुर्घटनामा परेका अर्...

लागुऔषध सहित गैँडाकोटमा तीन पुरुष पक्राउ

लागुऔषध सहित गैँडाकोटमा तीन पुरुष पक्राउ
गैँडाकोट । लागुऔषध सहित गैँडाकोटमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गैँडाकोट नगरपालिका वडा नं. ५,१६ र १७ नम्बर वडाका पुरुषहरु रहेका छन् ।गैँडाकोट नगरपालिका वडा नं. ५ घर भएका ३८ वर्षका भवानी शंकर घिमिरे, वडा नं. १६ घर भएका कृष्ण श्रेष्ठ र १७ घर भएका निशान परियार लागुऔषध सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । उनिहरुको साथबाट फेनारगथन, सेरीज्याक लगायतका लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्त बहादुर ...

एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन् कार्यसूची

एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन् कार्यसूची
काठमाडौं  । नेकपा(एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक मंगलबाट सुरू हुँदैछ।आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू हुने एमालेले बताएको छ।पार्टी सचिवालयको २७ औं बैठकले केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गरिसकेको छ।केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने भएको छ। ‘यो बीचमा सुशासनका प्रश्नमा गम्भीर विचलन देखा परेको छ। मुलुक एक प्रकारले आर्थिक संकटतर्फ उन्मुख भइरहेको अवस्थामा राष...

नवलपुरमा फेरि पाँचवटा लोपोन्मुख गिद्ध मृत फेला

नवलपुरमा फेरि पाँचवटा लोपोन्मुख गिद्ध मृत फेला
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार पाँचवटा लोपोन्मुख गिद्ध मृत फेला परेको छ। कावासोती–११ स्थित लोकाहा खोला किनारमा चारवटा डंगर प्रजातिका र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेको हो। सोही स्थानमा एउटा सुन गिद्ध र ६ वटा डंगर प्रजातिकै गिद्ध बिरामी अवस्थामा फेला परेको जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीले जानकारी दिए। बिरामीमध्ये एउटा डंगर गिद्धको अवस्था गम्भीर रहेको छ। मरेको स्यालको सिनो खाएर गिद्ध मरेका बताइएको छ। चौधरीका अनुसार गिद्ध मरेको स्थानमा २ वटा मर...

सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप, ईशनाथ नगरपालिकामा कर्फ्यू जारी

सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप, ईशनाथ नगरपालिकामा कर्फ्यू जारी
रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने बाटो अवरुद्ध गरेको २४ घण्टापछि कर्फ्यू जारी गरिएको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई पक्षबिच झडप भएको हो । मूर्ति लैजाने विषयमा विवाद सुरु भएपछि शुक्रबारदेखि नै एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीसँगै ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। आज भएको दोहरो झडपमा कैयौँ मानिसलाई चोटपटक लागेपछि स...

माओवादीले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, सबै प्रत्यक्ष निर्वाचित

माओवादीले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, सबै प्रत्यक्ष निर्वाचित
काठमाडौं । नेकपा माओवादी केन्द्र १ सय ९९ सदस्यीय हुने भएको छ।काठमाडौंमा जारी विधान अधिवेशनमा प्रतिनिधिहरूले पठाएको सुझावको जवाफ दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले १ सय ९९ केन्द्रीय समिति बनाउने र ती सबैको प्रत्यक्ष निर्वाचन गरिने बताएका हुन्। उपाध्यक्ष पम्फा भूसालको नेतृत्वमा बनेको विधान मस्यौदा समितिले १५१ सदस्यीय केन्द्रीय समिति बनाउन सिफारिस गरेको थियो। केन्द्रीय सदस्यको एक तिहाइ स्थायी कमिटी र ११ जनाको केन्द्रीय कार्यालय बनाउने जानकारी पनि ...

मनकारी व्यवसायी पण्डितले जन्मदिनमा गरे विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

मनकारी व्यवसायी पण्डितले जन्मदिनमा गरे विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
चितवन। चितवनका मनकारी व्यवसायी उपेन्द्र पण्डितले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित एक बर्षलाई पुग्ने शैक्षिक सामाग्री सहयोग गरेका छन् ।भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगर निवासी उपेन्द्र पण्डितले आफ्नो पुख्यौली थलो तनहुँको रतनपुर पुगेर त्यहाँ स्थित एक विद्यालयमा सो सामाग्री हस्तान्तरण गरेका हुन् । उवासंघ चितवनका कार्य समिति सदस्य समेत रहेका व्यवसायी पण्डितले भानु नगरपालिका वडा नम्बर १२ स्थित राष्ट्रिय जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ...

फागुन ४ गते गण्डकी प्रदेशभर सार्वजनिक विदा

फागुन ४ गते गण्डकी प्रदेशभर सार्वजनिक विदा
पोखरा । गण्डकी प्रदेशले स्थापना दिवसमा सार्वजनिक विदा दिएको छ । प्रदेश स्थापना दिवस फागुन ४ गते गण्डकीले सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले बताए । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा लागू हुने ढकालको भनाइ छ । २०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । त्यसै दिनलाई प्रदेश स्थापन...

भ्यालेनटाइन डे मा मौलाकाली केबलकारद्धारा भारी छुटको घोषणा

भ्यालेनटाइन डे मा मौलाकाली केबलकारद्धारा भारी छुटको घोषणा
गैँडाकोट । पूर्वी नवलपरासीको मौलाकाली केबलकारले प्रेम दिवस र सरस्वती पुजाको अवसरमा टिकटमा भारी छुट दिने भएको छ । फागुन २ गते परेको सरस्वती पुजा र प्रेम दिवसको दिन केवलकारको टिकटमा ३६.३६ प्रतिशत छुट दिइएको केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिनुभयो । केबलकार मार्फत यात्रा गर्ने यात्रुहरुले फागुन २ गते ३५० रुपैयामै टिकट प्राप्त गर्ने उहाँले बताउनुभयो । विहान ६ वजेदेखि साँझ ५ वजेसम्म केवलकारले सर्वसाधरणका लागि यो सुविधा उपलव्ध गराउने उहाँको भनाई छ । ५ मिनेट यात्रा...