×

गैँडाकोट । नवलपुरको हुप्सेकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाईते भएका छ्न ।हुप्सेकोट गाउँपालिका–३ बेलहानीको भित्रि सडकखण्डमा झ्यालबासबाट गिरबारी तर्फ जादैं गरेको लु.३६.प ५४९७ नम्बर को मोटरसाईकल चालकले नियन्त्रण गुमाएर भएको दुर्घटनामा अन्दाजी २५ वर्षका एक पुरुषको मृत्यु भएको हो ।

उनको यो खबर तयार पार्दासम्म परिचय खुल्न सकेको छैन । उनको शव पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ । दुर्घटनामा परेका अर्का घाइतेको पनि सोहि अस्पतालमा उपचार सुरु भएको छ । घटनाको बारेमा थप जानकारी आउन बाँकि छ ।

तपाईको प्रतिक्रिया