×

गैँडाकोट । लागुऔषध सहित गैँडाकोटमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गैँडाकोट नगरपालिका वडा नं. ५,१६ र १७ नम्बर वडाका पुरुषहरु रहेका छन् ।गैँडाकोट नगरपालिका वडा नं. ५ घर भएका ३८ वर्षका भवानी शंकर घिमिरे, वडा नं. १६ घर भएका कृष्ण श्रेष्ठ र १७ घर भएका निशान परियार लागुऔषध सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

उनिहरुको साथबाट फेनारगथन, सेरीज्याक लगायतका लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्त बहादुर सुनारले जानकारी दिनुभयो । यहि हप्ता पक्राउ परेका उनिहरु सबैलाई अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।पछिल्लो समय लागु औषध नियन्त्रणका लागि गैँडाकोट प्रहरीले आफ्नो सकृयता बढाएको पाइएको छ ।

तपाईको प्रतिक्रिया