×

मध्य नेपाल

होली खेलेर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता

होली खेलेर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता
काठमाडौं । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिए । उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए ।बेपत्ताहरूको खोजी सुरु गरिएको एसपी थापाले बताए । अहिले सशस्त्र प्रहरीको टोलीसमेत पर...

हाइटेन्सन लाइनको तार चुँडिएर शरीरमा पर्‍यो, हजुरबुवा-आमा र नातिको मृत्यु

हाइटेन्सन लाइनको तार चुँडिएर शरीरमा पर्‍यो, हजुरबुवा-आमा र नातिको मृत्यु
दाङ- दाङमा विद्युतको हाइटेन्सन लाइनको तार चुँडिएर शरीरमा खसेपछि एकै परिवारका तीन जनाको मृत्यु भएको छ।राप्ती गाउँपालिका–३ का ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र उनीहरूका ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार हजुर आमा र नातिको घटनास्थलमै मृत्यु भएको थियो। घाइते गोरखबहादुरलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको ...

देशभर बदली, यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

देशभर बदली, यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।यो प्रणालीको प्रभावका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंश...

महरालाई ‘कमजोर स्वास्थ्यका कारण’ आजै हाजिरी जमानीमा छोड्ने तयारी

महरालाई ‘कमजोर स्वास्थ्यका कारण’ आजै हाजिरी जमानीमा छोड्ने तयारी
काठमाडौं । माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा आजै छुट्न सक्ने सम्भावना देखिएको छ । सीआईबीले कमजोर स्वास्थ्यको कारण देखाउँदै महरालाई छोड्न सक्ने स्रोतले दाबी गर्‍यो । महरा गत ५ चैतमा कपिलवस्तुबाट पक्राउ परेका थिए । उनलाई सोही दिन काठमाडौं जिल्ला अदालत लगेर ४ दिन म्याद थप गरिएको थियो । अदालतले दिएको म्याद आज सकिँदैछ । अझै हिरासतमा राख्नु परेमा अदालतबाट फेरि म्याद थप्नुपर्छ । तर, सीआईबीमा उनलाई हाजिरी जमानीमा छोड्नेबारे छलफल भएको स्रोतले बतायो ।‘छोड्ने किसिमको ...

देशैभरको मौसम बदली, धेरै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

देशैभरको मौसम बदली, धेरै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।बुधबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। आज बिहान कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा अहिले छिटपुटदेखि हल्का हिमपात भइरहेको छ। आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभाग...

मोरङमा चिउरा मिलमा आगलागी, एक करोड ५० लाखको क्षति

मोरङमा चिउरा मिलमा आगलागी, एक करोड ५० लाखको क्षति
  मोरङ । मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ ।राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ । मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो ।मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयो...

यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का ...

भोजपुरमा आगो लाग्दा एकाघरका ३ बालबालिकाको मृत्यु

भोजपुरमा आगो लाग्दा एकाघरका ३ बालबालिकाको मृत्यु
  भोजपुर । हतुवागढी गाउँपालिका वडा नम्बर ७ पात्लेपानी पिप्लेमा आगलागी हुँदा एकाघरका ३ बालबालिकाको मृत्यु भएको छ ।साँझ साढे ५ बजेतिर खोल्मामा लागेको आगोबाट धनबहादुर कार्कीका २ नाती र एक नातिनीको ज्यान गएको हो । आगोमा जलेर केदार कार्कीको छोरा ४ वर्षीय प्रनिश र रमेश कार्कीकी ५ वर्षीया छोरी दीपशिखा साथै अढाई वर्षीय छोरा द्युनिश कार्कीको मृत्यु भएको गाउँ कार्यपालिका सदस्य सजना परियारले जानकारी दिइन् ।

मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार

मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार
काठमाडौं । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको बताइन् । हामीले गोली चलाउने समूहका तीन जनालाई पक्राउ समेत गरेका छौं । थप अनुसन्धान हुँदैछ’ गिरीले  भनिन् । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्...