×

मध्य नेपाल

 काठमाडौंको न्यूरोडमा वडाध्यक्षको नेतृत्वमा प्रदर्शन

 काठमाडौंको न्यूरोडमा वडाध्यक्षको नेतृत्वमा प्रदर्शन
काठमाडौं । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ । जुद्ध वारुण यन्त्र रहेको कार्यालयमा महानगर प्रतिनिधिहरू रहेको भन्दै त्यहाँ छिर्न खोजेको भीडलाई महानगर प्रहरीले रोक्ने क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो । उच्च अदालत पाटनले फुटपाथ विस्तार नरोक्न सडक विभागका नाममा अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः फुटपाथ विस्तारको काम सुरु गरेको थियो । बिहीबार बिहानैदेखि स्थानीयको भीड न्यूरोड क्षेत्रमा ओर्लिएको थियो ...

वाग्मतीसहित यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना

वाग्मतीसहित यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही, कोसी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा ...

रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ वेपत्ता

रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ वेपत्ता
गैँडाकाेट। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गएराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर...

एमालेले टुंगायो मन्त्री, सञ्चारमा पृथ्वीसुब्बा गुरुङ

एमालेले टुंगायो मन्त्री, सञ्चारमा पृथ्वीसुब्बा गुरुङ
  काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् ।एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् । पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ । स्रोतका अनुसार गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय सभा सदस्य देवेन्...

कांग्रेसले परराष्ट्र मन्त्रालयमा आरजु देउवालाई पठाउने

कांग्रेसले परराष्ट्र मन्त्रालयमा आरजु देउवालाई पठाउने
काठमाडौं- नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ।गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ।अन्य मन्त्रीको टुंगो सोमबार बिहान ८ बजे लगाउने तयारी छ। पार्टीले बनाएको मापदण्डअनुसार समावेशी, योग्यता र क्षमताका अधारमा मन्त्री पठाउने भएकोले एक पटक छलफल गरेर मात्रै पठाउने तयारी गरेको हो।नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रालय बाँडफाँट टुंग्याए पनि मन्त्री छनौट भने गर्न बाँकी छ। ...

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो
चितवन- चितवनको भरतपुर-२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिजालका अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो । नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव शनिवार बिहान भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएको थियो । प्राप्त कागजातको आधारमा शब भारतीय नागरिक ऋषि पल साहको रहेको खुलेको थियो । ‘साह नेपालमा बसेर काम गर्ने गरेको उनका दाई सत्यपाल शाहले बताए...

त्रिशूलीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुल्यो (सूचीसहित)

त्रिशूलीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुल्यो (सूचीसहित)
चितवन- चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ । प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र प्रदेश ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो । काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । ...

प्रचण्डको रोचक टिप्पणी- म कस्तो लाटो, ओलीले स्वर्ग र नर्क सँगै जाने भनेर झुक्क्याए

प्रचण्डको रोचक टिप्पणी- म कस्तो लाटो, ओलीले स्वर्ग र नर्क सँगै जाने भनेर झुक्क्याए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले विश्वास गर्दा धोखा पाएको भन्दै संसदमा रोचक टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले बाहिर एमाले र कांग्रेस मिलेको समाचार आइरहे पनि ओलीले ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनेर विश्वास दिलाएको बताए । ओलीले आफूलाई वामपन्थी आन्दोलन अगाडि बढाउँदै आगामी चुनावसम्म सरकार लैजाने र एउटै पार्टी बनाएर चुनाव लड्नेसम्मको आश्वासन दिएको प्रचण्डको भनाइ छ । उनले भने, ...

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने मन्त्रिपरिषदको निर्णय

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित हुने भएको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि सरकारले राजपत्रमा एक सूचना प्रकाशित गरी सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।उक्त सूचना अनुसार सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी ...