अक्सफोर्ड कलेजमा बुधबारदेखि खेलकुद सप्ताह सुरु
गैँडाकोट। नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ म्यानेजमेन्टमा खेलकुद सप्ताह सुरु भएको छ । कलेजले इन्डोर र आउटडोर गरी दुई समूहमा खेलकुद प्रतियोगिता आयोजना गरेको कलेजका सहायक प्राचार्य तिलकराम पन्थीले जानकारी दिनुभयो ।
कलेजमा इन्डोर खेलकुद अन्तर्गत टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन, हाजिरीजवाफ, बुद्धिचाल लगायतका खेल तथा आउटडोर खेलकुद अन्तर्गत भलिबल, फुटबल, फुटसल तथा म्याराथुन प्रतियोगिता हुने पन्थीले बताउनुभयो । प्रतियोगिता अन्तर्गत छात्र र छात्राको फरक फर...


