×

नवलपुर विशेष

गैँडाकोटमा ट्रक दुर्घटना: चालकसहित दुई जनाको मृत्यु

गैँडाकोटमा ट्रक दुर्घटना: चालकसहित दुई जनाको मृत्यु
नवलपुर — नवलपुरको गैँडाकोट नगरपालिका–१० स्थित खरखरे जंगलमा आइतबार दिउँसो भएको भयानक सवारी दुर्घटनामा ट्रक चालकसहित दुई जनाको मृत्यु भएको छ। ना ५ ख ८४१७ नम्बरको ट्रक लु ५५ प ३१३४ नम्बरको स्कुटरमा ठोक्किएर सडकमै पल्टिँदा स्कुटर चालक र ट्रक चालक दुवैजना च्यापिएका थिए। उद्धारका लागि स्थानीयबासी र प्रहरी टोली घटनास्थलमा पुगे पनि समयमै उद्धार सम्भव नभएपछि दुवैको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनापछि ट्रक सडकमै पल्टिएको अवस्थामा रहेको छ भने ट्रक हटाउनका लागि क्रेन मगाइएको छ...

गैँडाकोट नमूना माविमा उत्कृष्ट विद्यार्थी सम्मान

गैँडाकोट नमूना माविमा उत्कृष्ट विद्यार्थी सम्मान
गैँडाकोट-  गैँडाकोट नमूना माध्यामिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई आइतबार एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।विद्यालय प्राङ्गणमा आयोजित सम्मान समारोहमा विद्यालयका प्राचार्य गोपेन्द्र केशरी न्यौपाने, सहायक प्राचार्य तथा प्लस टु संयोजक चन्द्र केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार लम्साल, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। २०८१ सालको परीक्षामा २०७ जना परीक्षार्थीमध्ये १७७ जना विद्यार्थ...

सरस्वती निकेतनद्धारा व्यवहारमुखी शिक्षामा जोड्दै क्षेत्रीय फिल्ड ट्रिप सम्पन्न

सरस्वती निकेतनद्धारा व्यवहारमुखी शिक्षामा जोड्दै क्षेत्रीय फिल्ड ट्रिप सम्पन्न
नवलपुर- व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यसहित नवलपुरको गैडाकोट–१ मा अवस्थित सरस्वती निकेतन विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी क्षेत्रीय अवलोकन (फिल्ड भिजिट) कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले रामपुर कृषि क्याम्पस र मेघौलीस्थित गोलाघाट क्षेत्रको अवलोकन गरेका थिए। परियोजना कार्यका रूपमा सञ्चालित यस भ्रमणमा विद्यार्थीहरूले नेपाली, सामाजिक र विज्ञान विषयसँग सम्बन्धित व्यवहारिक अध्ययन गरेका थिए। विद्यालयका अ...

नारायणी नदीको पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता – झोलामा फेला पर्‍यो नागरिकता

नारायणी नदीको पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता – झोलामा फेला पर्‍यो नागरिकता
नवलपुर- चितवनको भरतपुर महानगरपालिका र नवलपुरको गैँडाकोट नगरपालिका जोड्ने नारायणी नदीको पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता भएका छन्। शनिबार साँझ ६ बजेर ५ मिनेट जाँदा उक्त घटना भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ। प्रहरीका अनुसार हाम फालेका पुरुषले पुलमाथि एक झोला छाडेका थिए। झोलाको जाँच गर्दा भित्र बिनयी त्रिवेणी गाउँपालिका–१ (साविक दुम्कीबास–७) निवासी ४३ वर्षीय गिरीराज कंडेलको नाममा जारी नागरिकता प्रमाणपत्र भेटिएको हो। यद्यपि, झोलामा भेटिएको नागरिकताको आधारमा शंका ...

आज जनै पूर्णिमा, क्वाँटी खाने दिन

आज जनै पूर्णिमा, क्वाँटी खाने दिन
काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी)  पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी ...

गैँडाकोटमा राजनीतिक बिस्फोट: कांग्रेस छोडेर गोकुल सापकोटा रास्वपा प्रवेश

गैँडाकोटमा राजनीतिक बिस्फोट: कांग्रेस छोडेर गोकुल सापकोटा रास्वपा प्रवेश
गैँडाकोट - नेपाली कांग्रेसका महासमिति सदस्य गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेशसँगै उनलाई रास्वपाको केन्द्रीय सार्वजनिक लेखा समिक्षा विभाग प्रमुखमा मनोनित गरिएको छ। रास्वपाको केन्द्रीय समिति बैठकले सापकोटालाई उक्त जिम्मेवारीमा सर्वसम्मत रूपमा चयन गरेको हो। पार्टीले सापकोटाको अनुभव, संगठनात्मक क्षमता र आर्थिक पारदर्शिताप्रति प्रतिबद्धतालाई ध्यानमा राख्दै सो निर्णय गरेको बताइएको छ। गोकुल सापकोटा नेपाली कांग्रेस गैँडाकोट नग...

नारायणी नदी किनारमा अन्दाजी ६५ वर्षीया वृद्ध महिलाको शव फेला

नारायणी नदी किनारमा अन्दाजी ६५ वर्षीया वृद्ध महिलाको शव फेला
गैंडाकोट - नवलपुरको गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारमा एक अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी वृद्ध महिलाको शव फेला परेको छ। शुक्रबार बिहान नारायणी रिसोर्ट अगाडिको नदी किनारमा महिलाको शव घोप्टो अवस्थामा देखिएको स्थानीयवासीहरूले बताए। शव देख्नेबित्तिकै स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय, नवलपुरको टोलीले आवश्यक मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाएको जानकारी दिएको छ। हालसम्म मृतक महिलाको...

साउन २५ गते गैँडाकोटमा सार्वजनिक विदा

साउन २५ गते गैँडाकोटमा सार्वजनिक विदा
नवलपुर- अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा नवलपुरको गैँडाकोट नगरपालिकाले साउन २५ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। २०८१ साल चैत्र १४ गते बसेको कार्यपालिका बैठकले दिवसको महत्वलाई दृष्टिगत गर्दै विदा दिने निर्णय गरेको हो। नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले आदिवासी जनजातिहरूको पहिचान, भाषा, संस्कृति र अधिकारको सम्मानस्वरूप सार्वजनिक विदा दिइएको जानकारी दिए। विदाको दिन गैँडाकोट नगरपालिका क्षेत्रभित्र पर्ने सरकारी तथा सार्वजनिक कार्यालयहरू, सामुदायिक व...

स्थानीय आय र पर्यटन प्रवर्द्धनका लागि गैँडाकोटमा चिया खेती सुरु

स्थानीय आय र पर्यटन प्रवर्द्धनका लागि गैँडाकोटमा चिया खेती सुरु
नवलपुर- गैँडाकोट नगरपालिका–१८ को बसेनी क्षेत्रमा आज ७५०० वटा अर्थोडक्स जातका चियाका विरुवा रोपिएको छ। नगरपालिका र वडा कार्यालयको संयुक्त पहलमा विभिन्न स्थानमा रोपिएको चियाका विरुवा नवलपुर जिल्लामा पहिलोपटक चियाखेतीको थालनी भएको हो। नगरप्रमुख मदनभक्त अधिकारीले चियाखेतीलाई दीर्घकालीन आयआर्जनको स्रोत बनाउने उद्देश्यले सुरु गरिएको बताए। उनले भने, “स्थानीयस्तरमै उत्पादन बढाएर आम्दानी बढाउने प्रयासमा हामी जुटेका छौँ। चिया खेतीबाट रोजगारी, पर्यटन र आन्तरिक आम्दानीमा उल्लेखनीय योगदा...