यस्ता पो जनप्रतिनिधि : वडा सदस्यबाट बुझेको सेवासुविधा सबै सामाजिक काममा
गोविन्द घिमिरे
नवलपुर । स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले आफ्नो तलब आफैं निर्धारण गरेका छन्। कतै उक्त तलब थोरै भयो भन्ने आवाज सुनिएका छन् त कतै तलब लिनुहुन्न भन्ने वहस पनि चलिरहेको छ। जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि महंगा गाडीमा शयर हुन्छन्। राज्यकोषबाट तलब बुझ्छन्।औपचारिक कार्यक्रमा भाषण गरेर पाँचवर्ष गुजार्न लागेका छन् ।
सरकारी खर्चमा किनेका गाडीमा इन्धन, चालक र मर्मत खर्च छुट्टै छ। तर, नेपाली काँग्रेसबाट निर्वाचित गैँडाकोट नगरपालिका वडा नं. ९ का वड...


