नवलपुर । चारजनाको समुहले आक्रमण गर्दा गैंडाकोटमा अटो चालक घाईते भएका छ्न ।प्रहरीका अनुसार बिहिवार राति करिब ११ बजेको समयमा चार जनाको समूहले अटो चालकलाई बियरको बोत्तल टाउकोमा प्रहार गरेर कुटपिट गरेका हुन्।
गैडाकोट- ५ कुसुम टोल बस्ने ४० वर्षिय सुनिल बहादुर सार्कीलाई राति अटो लिई घर तर्फ जादैँ गर्दा सोहि ठाउँ बस्ने बर्ष २६ का नविन दराई, बर्ष ३१ का सुरज अधिकारी, बर्ष २१ का नविन बोटे र बर्ष २६ का देवेन्द्र सापकोटा मिली कुटपिट गरेका प्रहरीले जानकारी दिएको छ।
कुटपिट गर्ने प्रहरी नियन्त्रणमा रहेका छन् ।