गैँडाकोट । स्थानीयतहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले नवलपुरमा चुनावी अभियान र प्रचारप्रसारको अभियानलाई सुरु गरेको छ ।जिल्लाका विभिन्न स्थानीय निकायमा रहेका एमालेका कमिटीहरुको आयोजनामा घरदैलो अभियान चलिरेहको छ ।
सोहि कार्यक्रम अन्तर्गत शुक्रबार नेकपा एमाले गैँडाकोट वडा नं. ८ को आयोजनामा बृहत पार्टि प्रशिक्षण तथा मित्रमिलन कार्यक्रम गर्न लागिएको छ ।नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेले जिल्ला देखि केन्द्रमा प्रतिनिधित्व गर्ने पार्टिका नेताहरुको उपस्थिितिमा पार्टि प्रशिक्षण परिचयात्मक तथा मित्रमिलन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
जयश्री सामुदायिक वनको पार्क स्थालमा विहान ८ वजेदेखि अपरान्ह ४ वजेसम्म चल्ने कार्यक्रममा पार्टिका केन्द्रीय सदस्य रविन्द्र अधिकारी, कृष्ण पौडेल जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको बताउनुभयो ।स्थानीय चुनावको मिति नजिकिदै जाँदा नेकपा एमाले गैँडाकोट ८ ले वडाका सबै टोलमा पार्टि कमिटि गठन गरिसकेको छ । विहिवारमात्रै विजयनन्दन कालिका टोलमा पुष्मा घिमिरेको अध्यक्षतामा २७ सदस्यीय टोल कमिटि गठन गरेको थियो ।