नेपाल लिटिल फ्लावर सोसाईटीद्धारा २४८ घरधुरीलाई खाद्य सामाग्री वितरण
चितवन । मकवानपुर जिल्ला राक्सीराङ्गका गाउंँपालिका वडा नम्बर ७ का २४८ घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । आज गैरसरकारी संस्था शान्ति मेड नेपालको आर्थिक सहयोग र लिटिल फ्लावर सोसाईटीको समन्वयमा खाद्यान्न तथा पोषण सामाग्री वितरण गरिएको हो ।
संस्थाको नियमित तालिका अनुसार सिमान्तकृत समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले खाद्यान्न तथा पोषण वितरण गरिएको सोसाईटीका निर्देशक फादर विविनले जानकारी दिनुभयो ।उहांँका अनुसार सो वडामा रहेका हरेका घरधुरीलाईलाई एक बोरा चामल २ किलो दाल वित...


