किसान बचतको आयोजनामा भएको रक्तदानमा २३८ जनाद्धारा रक्तदान
गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्थाको २८औँ स्थापना दिवशको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २३८ जनाले रक्तदान गरेका छन् । संस्था स्थापना दिवशको अवसरमा गैँडाकोट र कावासोतीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २३८ जनाले रक्तदान गरेको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो ।
किसान बचत तथा ऋण सहकारी संस्थाका सहसचिव दुर्गाप्रसाद चालिसेको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालको प्रमुख आतिथ्यतामा ...


