×

नवलपुर विशेष

एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले एक सय ४२ वन्यजन्तुको गर्‍यो उद्धार

एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले एक सय ४२ वन्यजन्तुको गर्‍यो उद्धार
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९र८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको जानकारी दिनुभयो । गत वर्ष १९सर्प, १३ चित्तल, छ पाटेबाघ, छ एक सिङ्गे गैँडा , पाँच सङ्कटापन्न अवस्थाको घडियाल गोही उद्धार गरिएको उहाँको भनाइ थियो । मध्यवर्ती क...

अक्सफोर्ड कलेजद्धारा विद्यार्थी तथा अभिभावकहरुका लागि अभिमुखीकरण (तस्विर सहित)

अक्सफोर्ड कलेजद्धारा विद्यार्थी तथा अभिभावकहरुका लागि अभिमुखीकरण (तस्विर सहित)
गैँडाकोट । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैँडाकोटले कक्षा ११ मा भर्ना भएका विद्यार्थी तथा अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सोमबार कलेज परिसरमा सम्पन्न गरेको छ ।अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा प्रिन्सिपल प्रोफेसर ई. हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ का विभिन्न संकायमा भर्ना भएका पाँचसय बढी विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका प्राचार्य ई. हरि भण्डारीले पछिल्लो समय श...

विदेश भ्रमणमा जानेले २५ सय डलर साट्न पाउने

विदेश भ्रमणमा जानेले २५ सय डलर साट्न पाउने
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष  ०८०/८१ को मौद्रिक नीतिमार्फत विदेश भ्रमणमा जानेलाई डलर सटहीमा राहत दिएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत विदेश भ्रमणमा जानेले २५ सय अमेरिकी डलर साट्न पाउने व्यवस्था गरेको हो । यसअघि विदेश भ्रमणमा जानेले बढीमा १५ सय डलर साट्न पाउँथे । ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई प...

कावासोतीका किसान कागतीखेतीमा

कावासोतीका किसान कागतीखेतीमा
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त हुुनुहुन्छ । पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गर्नुभयो । “अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ”, लम्सालले भन्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उहाँले अनुदानमा सुनकागती–१ का बिरुवा लगाउनुभएको हो । लम्सालले भन्न...

दाङमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

दाङमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार
दाङ । तुलसीपुरको नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् । गएराति करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए । बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको मल्लले बताए ।

कावासोती नगरपालिकामा अनलाइनबाटै कर तिर्न सकिने

कावासोती नगरपालिकामा अनलाइनबाटै कर तिर्न सकिने
कावासोती । कावासोती नगरपालिकाले पहिलो पटक अनलाइनबाट कर तिर्न सकिने सेवा सुरु गरेको छ ।मेयर विष्णु भुसालले आफ्नो सम्पत्ति कर अनलाइनमार्फत भुक्तानी गरेर बिहीबार उक्त सेवा शुभारम्भ गरेका छन् ।घरजग्गा कर, सम्पत्ति कर, भूमि कर, लगायतका विभिन्न सिफारिस बापतको सरकारी राजस्व अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । कर तिर्न घन्टौं लाइन बस्नपर्ने अवस्थाको अन्त्य भएको मेयर भुसालले बताए । घरमै बसेर पनि नगरपालिकामा कर बुझाउन सकिने व्यवस्थाले राजस्व चुह...

मौलाकाली केबलकारको इभिनिङ अफर आजदेखि सुरु

मौलाकाली केबलकारको इभिनिङ अफर आजदेखि सुरु
गैँडाकोट । मौलाकाली केबलकारको  इभिनिङ अफर आजदेखि सुरु भएको छ  । हरेक बुधवबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा लागुहुने ५० प्रतिशत छुटको अफर आजदेखि सुरु भएको हो । अफर अन्तर्गत अब यात्रुहरूले रु २७५ मै दुई तर्फी यात्रा गर्न पाउनेछन् । त्यस्तै पहिले केबलकारको दुई तर्फी साधारण टिकट मूल्य रु. ५५० कायम गरिएको थियो । इभिनिङ अफर ल्याएसँगै मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा छ । साउनदेखि लागू हुने गरी ल्याइएको यो अफर अन्तर्गत प्रत्ये...

अक्सफोर्ड कलेजद्धारा ४५ जना विद्यार्थीहरुका लागि पूर्णछात्रवृतिको घोषणा

अक्सफोर्ड कलेजद्धारा ४५ जना विद्यार्थीहरुका लागि पूर्णछात्रवृतिको घोषणा
गैँडाकोट। पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले ४५ जना विद्यार्थीहरुका लागि पूर्णछात्रवृतिको घोषणा गरेको छ । एसइइ परिक्षामा ३.८५ भन्दा बढी जिपीए ल्याएर उर्तिण भएका विद्यार्थीहरुमध्ये गरिव तथा जेहेन्दार ४५ जना विद्यार्थीहरुका लागि पूर्ण छात्रवृति उपलव्ध गराउने निर्णय भएको कलेजका प्राचार्य हरि भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञान संकायमा अध्ययन गर्न चाहने ४५ जना विद्यार्थीहरुका लागि पूर्ण छात्रवृति उपलव्ध ...

कावासोतीमा ट्याक्टर र्दुघटना : चालकको मृत्यु

कावासोतीमा ट्याक्टर र्दुघटना : चालकको मृत्यु
गैँडाकोट । पूर्वी नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. १ बालुवाडाडाँमा ट्याक्टर दुर्घटना हुँदा चालक २३ वर्षका किरण हिताङ मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार गएराति पौने ९ वजे लु ४ त ३६३४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टदा चालकको ज्यान गएको हो ।