नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीलाई राजधानीमा आयोजित एक कार्यक्रममा समान्न गरिएको छ ।नेपाल सरकार आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८० को राजस्व संकलन तथा कार्यगत लक्ष्य प्रगतिका आधारमा गरिएको कार्यसम्पादन मूल्याङ्कनका आधारमा सम्मान गरेको हो ।
आन्तरिक राजश्व विभागले मूल्याङ्कनका आधारमा ९०.२८ प्रतिशत अंक सहित समग्र कार्यसम्पादनमा ए प्लस गरी तृतीय स्थान हासिल गरेको भन्दै कार्यालयलाई प्रशंसा पत्र सहित सम्मान गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत ज्ञानहरी पन्थीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रशंसा पत्र सहित सम्मान गर्नुभएको हो ।

पन्थीले कार्यालयलाई यस स्थानमा पुराउन भूमिका खेल्ने जिल्लाका सम्पूर्ण करदाताहरुलाई आभार व्यक्त गर्नुभएको छ । कार्यक्रमा सचिव अर्जुनप्रसाद पोखरेल, सचिव(राजस्व) डा. रामप्रसाद घिमिरे र महानिर्देशक दीर्घराज मैनालीले अझ उत्कृष्ट कार्यसम्पादनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।



उज्यालो खबर




