×

चितवन सेरोफेरो

चितवनको मेघौलीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

चितवनको मेघौलीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु
चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्युु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २८ साझापुरका ५५ वर्षका जलवा महतोको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । गएराति ९ वजे भरतपुर २८ साझापुरमा उनलाई ना २२ प ६८०० नम्बरको मोटरसाइकले ठक्करदिदा उनि गम्भिर घाइते बनेका थिए । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा राति पौने १० वजे भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । घाइते अवस्थामा रहेका मोटरसाइकल चालक भरतपुर २७ का शिवनारायण महतोको न...

काेरियाकाे विश्वविद्यालय सँग गोल्डेन इमिनेन्टकाे नेपाली विद्यार्थी पठाउने सम्झाैतामा हस्ताक्षर

काेरियाकाे विश्वविद्यालय सँग गोल्डेन इमिनेन्टकाे नेपाली विद्यार्थी पठाउने सम्झाैतामा हस्ताक्षर
चितवन – गोल्डेन इमिनेन्ट एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीका लागि गोल्डेन अफर ल्याएको छ । चितवनको भरतपुरमा रहेको गोल्डेन इमिनेन्टले विद्यार्थीका लागि शतप्रतिशत छात्रवृत्तिसहित गोल्डेन अफर ल्याएको हो । नेपालबाट दक्षिण कोरियाको किङसुङ विश्वविद्यालयमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई गोल्डेन इमिनेन्टले शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चितवनको गोल्डेन इमिनेन्ट एजुकेशन कन्सल्टेन्सी र विश्वविद्यालयसँग भएको सम्झौता अनुसार दुई वटा कोर्षमा दुई जना विद्यार्थीले श...

चितवन-२ मा एमालेलाई सुरुवाती अग्रता

चितवन-२ मा एमालेलाई सुरुवाती अग्रता
चितवन । चितवन-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी
तनहुँ । तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १३ वडाको मत गणना सकिएको छ। १८६६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। वाग्लेले १०२५९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २७९७ मत ल्याएका छन्। तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसे...

चितवन २ को मतगणना बिहान ८ बजेपछि हुने

चितवन २ को मतगणना बिहान ८ बजेपछि हुने
चितवन–चितवन क्षेत्र नं २ को मतगणना आज बिहान ८ बजे सपक्षीय वैठक बसेपछि मात्रै सुरु हुने भएको छ । हिजो राति प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अनुपस्थितीमा सवपक्षीय वैठक बस्न नसक्दा आजको लागि वैठक सारिएको हो । नेपाली कांग्रेसले हिजो मतदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रजिअ पौडेलले आचारसंहिता उल्लघंन गरेको भन्दै उजुरी दिएको थियो । त्यो विषयमा निर्णय गर्नुपर्ने कांग्रेसको अडान छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सर्वपक्षीय बैठक ...

रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसको उजुरी

रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसको उजुरी
चितवन ।चितवन क्षेत्र नं।२ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं। २ मा उजुरी दिएका हुन् । मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्ज...

एमाले उम्मेदवार न्यौपानेलाई कालिकामा मतदाताको साथ

एमाले उम्मेदवार न्यौपानेलाई कालिकामा मतदाताको साथ
चितवन । वैशाख १० को मिति नजिकिँदै गर्दा चितवन–२ को उपनिर्वाचनमा नेकपा (एमाले)बाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले चुनावी घरदैलो तीव्र पारेका छन् । न्यौपानेले चितवन २ मा पर्ने भरतपुरका सबै वडा तथा इच्छाकामना गाउँपालिकामा घरदैलो सकेर कालिका नगरपालिकामा घरदैलो गरिरहेका छन् । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेलाई स्थानीय मतदाताले अबीर, टीका र फूलमालाले स्वागत गर्दै जितको शुभकामना दिएका छन् । उनीहरुले चितवनमा अब मंसिर ४ दोहोरीन नदिने बताएका छन् । कालिकामा घरदैलोका क्रममा मत...

बाहिर रूख भनेर भित्र तलमाथि गर्नेको हिसाबकिताब हुन्छ : गगन थापा

बाहिर रूख भनेर भित्र तलमाथि गर्नेको हिसाबकिताब हुन्छ : गगन थापा
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका कार्यकर्तालाई यसपटक बेइमानी नगर्न आग्रह गरेका छन्। चितवनको कालिका नगरपालिकामा सोमबार आयोजित उपचुनाव लक्षित सभामा बोल्दै थापाले अघिल्लो चुनावमा जस्तो गल्ती नगर्न आग्रह गरेका हुन्। यसअघि कांग्रेस कार्यकर्ताले पनि रवि लामिछानेलाई मतदान गरेको तर्फ संकेत गर्दै महामन्त्री थापाले पाँच महिनाको अवधिमा सच्चिने मौका आएको उल्लेख गरे। ‘गएको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंले अब मान्छे चिन्नुभएको छ। तपाईँहरूले हिजो के गर्नु...

लायन्स क्लब अफ बागेश्वरी गैँडाकोट सिटीको अध्यक्षमा घिमिरे चयन

लायन्स क्लब अफ बागेश्वरी गैँडाकोट सिटीको अध्यक्षमा घिमिरे चयन
चितवन । लायन्स क्लब अफ बागेश्वरी गैँडाकोट सिटीको अध्यक्षमा लायन बुद्धिनाथ घिमिरे चयन हुनुभएको छ । वर्ष २०२३/२४ को लागि घिमिरेको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको हो । लायन्सक्लब अफ बागेश्वरी गैँडाकोट सिटीका संस्थापक अध्यक्ष नवराज कंडेलको प्रमुख आतिथ्यतामा भएको ११ औँ अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको फस्ट भिपीमा गोपाल प्रसाद सापकोटा, सेकेन्ड भिपीमा दया सापकोटा र थर्ड भिपीमा लक्ष्मीधर पौडेल रहनुभएको छ । त्यसैगरी सचिवमा टिकाराम पराजुली, क...