×

चितवन सेरोफेरो

गुनासो गर्नै नपर्ने गरी काम गर्छु :  एमाले उम्मेदवार न्यौपाने

गुनासो गर्नै नपर्ने गरी काम गर्छु :  एमाले उम्मेदवार न्यौपाने
चितवन । नेकपा एमालेबाट चितवन २ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जितेर गएपछि जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने बताउनुभएको छ । आफूले जनताको पक्षमा काम गर्ने उल्लेख गर्दै मतदातालाई गुनासो गर्ने ठाउँ नै नदिने बताउनुभएको हो ।कालिका नगरपालिकाका विभिन्न वडामा आज भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवार न्यौपानेले जनताले दिएको विश्वास र भरोसालाई उँचो राख्दै यहाँका नागरिकका परिवारको सदस्य बनेर काम गर्ने बताउनुभयो । ‘मैले यहाँहरुको विश्वास र भरोसालाई टुट्न दिने छैन’ न्यौ...

चितवनका वरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल प्रवल जनसेवाश्री पदकबाट विभुषित

चितवनका वरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल प्रवल जनसेवाश्री पदकबाट विभुषित
चितवन । नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा समाजसेवी उमाशंकर अग्रवाललाई प्रवल जनसेवाश्री (चतुर्थ) पदकबाट विभुषित गरिएको छ । राष्टपति कार्यालय सीत्तल निवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्टपति रामचन्द्र पौडेलले उहाँलाई विभुषित गर्नुभएको हो । लामो समयदेखि समाजसेवाको माध्यमबाट समाजमा अपुरणीय योगदान दिएको भन्दै नेपाल सरकारले संविधान दिवशको अवसरमा अग्रवाललाई प्रवल जनसेवाश्री (चतुर्थ) पदकबाट विभुषित गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरप...

चितवनकाे आकासमा आजदेखि प्याराग्लाइडिङ्ग सुरु

चितवनकाे आकासमा आजदेखि प्याराग्लाइडिङ्ग सुरु
चितवन । सफारी पर्यटनमा परिचित चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु भएको छ । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं। २९ को चौकीडाँडाबाट सुरु गरिएको हो । चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उडान सुरु गरिएको जानकारी दिए । उनले भने ‘औपचारिक उदघाटन पछि गर्नेछौं, तर उडान भने सुरु भयो ।’चितवनको ...

नयाँ वर्षमा नारायणी किनारमा साँस्कृतिक साँझ हुने,पल शाह आउँदै

नयाँ वर्षमा नारायणी किनारमा साँस्कृतिक साँझ हुने,पल शाह आउँदै
चितवन । नयाँ वर्ष-२०८० को अवसर पारेर चितवनको नारायणी नदी किनारमा साँस्कृतिक साँझ आयोजना हुने भएको छ । बैशाख १ र २ गते नारायणगढ स्थित नदी किनारमा सांस्कृतिक साँझ आयोजना गरिएको हो । एमएमबिकेएल इभेन्ट प्रालिको आयोजनामा हुने साँस्कृतिक साँझको तयारी पुरा भएको छ । दिउँसो २ बजेदेखि राति ९ बजेसम्म कन्सर्ट हुने छ । कार्यक्रमका व्यवस्थापक सानु खड्काले साँस्कृतिक साँझमा पल शाह लगायतको उपस्थिति रहने जानकारी दिए । पल शाहसँगै कन्सर्टमा हिमाल सागर, उर्गेन दोङ,द साइन ब्याण्ड, सुनिल पण्डित...

घण्टीलाई नमस्कार गर्नुस्, सूर्यमा भोट हाल्नुस् : एमाले उम्मेदवार न्यौपाने

घण्टीलाई नमस्कार गर्नुस्, सूर्यमा भोट हाल्नुस् :  एमाले उम्मेदवार न्यौपाने
चितवन। चितवन – २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार राम न्यौपानेले घण्टीलाई नमस्कार गर्दै सूर्यमा भोट हाल्न आग्रह गरेका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा आज भएको घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले आफूले सबैको सम्मान गर्ने भन्दै घण्टीलाई नमस्कार गरेर सूर्यमा भोट हाल्न आग्रह गरेका हुन् । “हामी उम्मेदवार हो, सबैको सम्मान गर्नुपर्छ” न्यौपानेले भने, “सबैले घरमा घण्टी बजाउनुस् र नमस्कार गर्नुस् तर, वैशाख १० मा सूर्यमा मतदान गर्नुस् ।” रामनगरमा आयोजित घर...

जगतपुरकाे टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी

जगतपुरकाे टाइगरल्याण्ड रिसोर्टमा भीषण आगलागी
चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको हो ।

यी हुन् भरतपुर महानगरले कारबाही गर्न लागेका निर्माण कम्पनीहरु

यी हुन् भरतपुर महानगरले कारबाही गर्न लागेका निर्माण कम्पनीहरु
चितवन । भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमा नै काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।महानगरपालिकाले एक सूचना प्रकाशन गर्दै समयमा नै २८ वटा निर्माण सम्बन्धी काम नगरेर अलपत्र छाडेका कम्पनीहरुलाई किन कारर्वाही नगर्ने भनेर स्पष्टीकरणसहितको कारबाही प्रक्रिया अगाडि बढाएको हो । प्रदिप निर्माण सेवाले ४, विक्रमबाबा कन्स्ट्रक्सन प्रालिले ८, युविना कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रालिले २, लोहनी लोहनी एण्ड सन्स दाजुभाइ जेभीले १, अमृत ...

भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार, प्रहरी गहिराे अनुसन्धानमा

भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार, प्रहरी गहिराे अनुसन्धानमा
चितवन । चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ ।अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा।डा।कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् । अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । रिएजेन्ट अभावका कारणले कोरोना परीक्षण रोकिएको हो । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक...

न्यू होप नमस्ते इन्भेष्टमेण्टको अधिवेशन : अध्यक्षमा दिपेश श्रेष्ठ

न्यू होप नमस्ते इन्भेष्टमेण्टको अधिवेशन : अध्यक्षमा दिपेश श्रेष्ठ
चितवन । चितवनका युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन । कम्पनीको सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।कम्पनीको सचिव पदमा भुपेन्द्र कर्माचार्य चयन भएका छन भने सदस्यहरुमा मनोज रानाभाट, गोपाल भट्टराई, र सचिववदन भण्डारी चयन भएका हुन् । यस्तै ग्रुपको सल्लाहकारमा दिपेश श्रेष्ठ (ख) र रुवीन रामुदामु चयन भएका छन । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले कम्पनीले पूर्णता पाएसंँगै चितवन लगायत ...