×

चितवन सेरोफेरो

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
चितवन । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले बोर्डको बैठक पनि बोलाइएको छ । बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले बताए । उनले भने, ‘सम्भवतः आजै बेलुकीसम्म नतिजा आउँछ । केही समस्याले रोकिए भोलि बिहानै नतिजा सार्वजनिक हुन्छ ।’ यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ ।

चितवनको मेघौलीमा आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइयो

चितवनको मेघौलीमा आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइयो
चितवन । चितवनको मेघौलीमा बस्तीमा पसेर आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइएको छ। बाघले भरतपुर–२७ बुद्धनगर गाउँमा गएराति पसेर भैंसीलाई आक्रमण गरेको थियो। उक्त बाघलाई चितवन निकुञ्जका हात्तीहरूले घेरेर निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूले नियन्त्रणमा लिएका हो। बेहोस बनाउने औषधि राखिएको सुइँलाई बन्दुकमा लोड गरेर प्रहार गरी वन्यजन्तुलाई नियन्त्रणमा लिइन्छ । घण्टौंसम्म बस्ती नजिकैको जंगलमा रुँगिराखेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए।नियन्त्रणमा ...

युके पढ्न जान चाहानेका लागि आज नारायणगढमा युनिभर्सिटी फेयर हुने

युके पढ्न जान चाहानेका लागि आज नारायणगढमा युनिभर्सिटी फेयर हुने
चितवन । चितवनको नारायणगढमा रहेको एस।आई युके कन्सलटेन्सीले आज युनिभर्सिटी फेयरको आयोजना गरेको छ । आज कन्सलटेन्सीको कार्यालयमा हुने फेयरको तयारी पुरा भएको प्रमुख शिशिर रेग्मीले बताए । युके अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर युनिभर्सिटी फेयर आयोजना गरिएको रेग्मीले जानकारी दिए । फेयर विद्यार्थीहरुलाई युकेका उत्कृष्ट १२ भन्दा बढि युनिभर्सिटीसंग विभिन्न विषयमा अन्तरक्रिया गराइनेछ । पहिलोपटक युकेलाई नै केन्द्रित गरेर आयोजना हुन लागेको फेयर नारायणगढको लायन्सचोक के...

Distribution of food items to 248 households by Nepal Little Flower Society

Distribution of food items to 248 households by Nepal Little Flower Society
Chitwan. Food grains have been distributed to 248 households of village ward number 7 of Makwanpur district Raksirang. Tuesday, food and nutrition materials were distributed in coordination with the financial support of the non-governmental organization Shanti Med Nepal and Little Flower Society. According to the organization's regular schedule, food and nutrition were distributed in order to make the daily life of the marginalized community easy. According to Father Bibin...

नेपाल लिटिल फ्लावर सोसाईटीद्धारा २४८ घरधुरीलाई खाद्य सामाग्री वितरण

नेपाल लिटिल फ्लावर सोसाईटीद्धारा २४८ घरधुरीलाई खाद्य सामाग्री वितरण
चितवन । मकवानपुर जिल्ला राक्सीराङ्गका गाउंँपालिका वडा नम्बर ७ का २४८ घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । आज गैरसरकारी संस्था शान्ति मेड नेपालको आर्थिक सहयोग र लिटिल फ्लावर सोसाईटीको समन्वयमा खाद्यान्न तथा पोषण सामाग्री वितरण गरिएको हो । संस्थाको नियमित तालिका अनुसार सिमान्तकृत समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले खाद्यान्न तथा पोषण वितरण गरिएको सोसाईटीका निर्देशक फादर विविनले जानकारी दिनुभयो ।उहांँका अनुसार सो वडामा रहेका हरेका घरधुरीलाईलाई एक बोरा चामल २ किलो दाल वित...

संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने ३ दलबीच सहमति

संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने ३ दलबीच सहमति
काठमाडौं । प्रमुख तीन राजनीतिक दल संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन सहमत भएका छन् ।मंगलबार सिंहदबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता र सभामुख देवराज घिमिरेको बैठकले सभापति चयन प्रक्रिया अघि बढाउने सहमति गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए । छलफलमा सभामुख घिमिरेले लामो समयदेखि संसदीय समितिहरु ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको भन्दै सभापति चयनमा छिटो सहमति गर्न आग्रह गरेका थिए ।उनले दलह...

नारायणगढ-मुग्लिनको वैकल्पिक सडकः शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा

नारायणगढ-मुग्लिनको वैकल्पिक सडकः शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा
कृष्ण आचार्य भरतपुर । असार महिना लागेपछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक अवरुद्ध हुँदै आएको छ । घन्टौँसम्म सडक सञ्चालन नहुँदा हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका छन् । कतिपय यात्रु त अत्यावश्यक काम हुँदा पनि पहिराका कारण गन्तव्यमा पुग्न सक्दैनन् । यो सडकखण्डमा यस वर्षमात्र होइन, प्रत्येक वर्ष पहिराले दुःख दिने गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको सास्तीले यो सडकखण्डको वैकल्पिक राजमार्ग बनाउनुपर्छ भन्ने कुरा पटक–पटक उठ्ने गरेको छ । यो राजमार्गको विकल्पक...

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँः प्रधानमन्त्री

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताउनुभएको छ । उहाँले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा ९माओवादी केन्द्र० सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै जसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर छाड्न दृढता व्यक्त गर्नुभयो । ...

‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’

‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’
चितवन । रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान अघि सारिएको हो । नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार वस्तुको बजारीकरण, क्षमता अभिवृद्धि र अनुगमन–मूल्याङ्कन कार्यलाई आधार मानी कृषि र भेटेनरी प्राविधिकको व्यवस्था गरेर प्रत्यक्ष लाभ हुने गरी काम गर्न लागिएको हो । उनले भन, ‘कृषकले सम्पर्क गरेसँगै हामी प्राविध...