चितवन । मकवानपुर जिल्ला राक्सीराङ्गका गाउंँपालिका वडा नम्बर ७ का २४८ घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । आज गैरसरकारी संस्था शान्ति मेड नेपालको आर्थिक सहयोग र लिटिल फ्लावर सोसाईटीको समन्वयमा खाद्यान्न तथा पोषण सामाग्री वितरण गरिएको हो ।
संस्थाको नियमित तालिका अनुसार सिमान्तकृत समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले खाद्यान्न तथा पोषण वितरण गरिएको सोसाईटीका निर्देशक फादर विविनले जानकारी दिनुभयो ।उहांँका अनुसार सो वडामा रहेका हरेका घरधुरीलाईलाई एक बोरा चामल २ किलो दाल वितरण गर्नुका साथै चेपाङ्ग समुदायका बालबालिकाहरुलाई फलफूल, अण्डा, विस्कुट, चकलेट लगायतका पोषण सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा फादर सिरिल ज्याकब, गिजो गर्ग, सिबी एम सहभागी हुनुहुन्थ्यो । यस अघि आइतबार सोसाइटी माडी बांँदरझुला २२० विपन्न तथा चेपाङ्ग समुदायलाई खाद्यान्न तथा पोषण वितरण गरेको थियो । वडा अध्यक्ष राम बहादुर प्रजाको संंयोजनमा उक्त सामाग्री वितरण गरिएको हो ।संस्थाले कोरोनाकालमा मात्रै चितवन, नवलपरासी र मकवानपुरमा गरी एक करोड बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको निर्देशक विविनले जानकारी दिनुभयो ।




उज्यालो खबर




