खैरहनी नगरपालिकामा क्यु आरबाट कर तिर्ने व्यवस्थाको सुरुवात
चितवन । खैरहनी नगरपालिका चितवनले ‘क्यूआर कोड (स्क्यान) गरी नगरपालिकामा तिर्नु पर्ने कर तिर्न सकिने व्यवस्था बुधबार देखि लागू गरेको छ । अब खैरहनी नगरबासीले नगरपालिकालाई बुझाउनु पर्ने कुनै पनि प्रकारको कर, दस्तुर वा जरिवान तत्काल क्युआर कोड मार्फत तिर्न सक्नेछन् ।
डाईनामिक क्यूआर कोडको व्यवस्था लागू भएसँगै नगरपालिकामा राजस्व तिर्ने सेवाग्राहीले डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसन मार्फत मनिटरको स्क्रिनमा देखिएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेर तुरुन्तै कर तिरेको रस...


