अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा
काठमाडौं- इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । ११६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्याएको हो ।इंग्ल्यान्डका कप्तान जोस बट्लरले मात्र ३८ बलमा ८३ रन जोडे । उनले यस क्रममा ६ चौका र ७ छक्का प्रहार गरे । उनलाई फिल साल्टले २१ बलमा २५ रन जोड्दै राम्रो साथ दिए । जितसँगै सुपर ८ को समूह २ बाट इंग्ल्यान्डले टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
यसअघि क्रिस जोर्डनको घातक बलिङ गर्दै ह्याट्रिक लिएपछि अमेरिका मात्र ११५ रनम...


