काठमाडौं । आइसिसी टी-२० विश्वकपमा भारतले विजयी सुरूवात गरेको छ।बुधबार न्युयोर्कमा आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतले विश्वकपमा सुखद सुरूवात गरेको हो।आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट मात्रै गुमाएर पूरा गरेको हो।
भारतको सहज जितमा कप्तान रोहित शर्माले अर्धशतक प्रहार गरे। उनी ३७ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएपछि चोटका कारण बाहिरिएका थिए।रिसव पन्तले नट आउट ३६ रन बनाए। उनले २६ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
विराट कोहली एक रन र सूर्यकुमार यादव २ रनमा आउट भए।बलिङतर्फ आयरल्याण्डका मार्क एदेर र बेन ह्वाइटले एकरएक विकेट लिए।पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रनमा समेटिएको थियो।



उज्यालो खबर




