युएईलाई हराउँदै नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा प्रवेश
काठमाडौं । महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
युएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान इन्दु बर्माले कप्तानी इनिन्स खेलिन् ।उनले २८ बलमा अविजित ३० रन बनाइन् । रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रनको योगदान...


