
गैँडाकोट – गैँडाकोटमा जारी वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताको आजको खेलमा विनयी त्रिवेणी गाउँपालिका विजयी भएको छ ।मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका बीच भएको खेलमा मध्यविन्दुलाई ट्राइब्रेकरमा १ का विरुद्ध ३ गोलले पराजित गर्दै विनयीत्रिवेणी विजयी भएको हो । शनिबारको खेलमा गैडाकोट नगरपालिका र बौदिकाली गाउँपालिकाबीच दिउँसो २ बजे प्रतिष्पर्धा हुने गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख रुयैयाँ नगद , शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धितीय हुने समूहलाई ५० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।त्यसैगरी सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सर्वाधिक गोलकर्तालाई नगद रु ५०००।–, ट्रफी र प्रमाण पत्र साथै सर्वोत्कृष्ट गोल रक्षकलाई नगद रु ५०००।–, ट्रफी र प्रमाण पत्र, उत्कृष्ट डिफेन्सलाई नगद रु ५,०००।– समेतको व्यवस्था समेत रहेको छ। प्रत्येक दिनको खेलमा प्लेयर अफ दि म्याच घोषणा गरि नगद रु १,००० ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक रमेश तिवारीले बताउनुभयो ।