छोराको जन्मदिनमा चौतारीको भवन बनाउन पौडेलले गरे आर्थिक सहयोग
चितवन ।छोराको जन्मदिनको अवसर पारेर विज्ञापन चितवन एड्भरटाइजिङ्ग प्रा.लि.का सञ्चालक खुमप्रसाद पौडेल किरणले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
पौडेलले छोरा अभिषेक पौडेलको जन्मदिनको अवसरमा भवन निर्माणका लागि प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई दश हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । भरतपुर–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको पौडेलले बताए । चितवनमा रहेर विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार म...


