फेरि उकालो लाग्यो सुनको भाउ, एकैदिन २८ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेर घट्न थालेको सुनको मूल्य फेरि उकालो लागेको छ ।आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २८ सयले बढेर एक लाख१८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बुधबार मात्रै मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै तेजाबी सुनको १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।
आइतबार प्रतितोला एक लाख २०...


