भारतका ५ ‘फाइटर जेट’ खसालेको पाकिस्तानी सेनाको दावी
काठमाडौं- पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ।फ्रान्समा निर्मित तीनवटा राफेल बिमान र दुइटा रूसमा बनेका लडाकु जहाज खसालेको उसले दावी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ।
विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यदि यो पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौंपछिको सबैभन्दा ठूलो क्षति...


