म्याराडोनाको अन्तिम बिदाइ
फुटबलका महान खेलाडी डिएगो म्याराडोनालाई एउटा निजी समारोह गरेर अन्त्येष्टि गरिएको छ ।आर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा दिनभरि उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएका थिए। बिहीवार गरिएको निजी समारोहमा भने केवल दुई दर्जन जति उनका निकट मित्र तथा आफन्तमात्र सहभागी थिए।
ठूलो सम्मान
तर त्यसअघि उनीप्रति सम्मान प्रकट गर्न मानिसहरूको निकै ठूलो भिड जम्मा भएको थियो। कैयन् मानिसहरू रोएका देखिन्थे भने कैयन्ले हावामा चुम्बन गरेर उनको स्मरण गरेका थिए। उनको पार्थिव शरीर राखिएको शव...


