×

अन्तर्राष्ट्रिय/प्रबास

टी-२० विश्वकप सुरु, उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

टी-२० विश्वकप सुरु, उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
अमेरिका । आईसीसी टी-२० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ । उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ सुरु गरेको छ ।डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो । क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन् । अमेरिका आयोजक हुँदा सिधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो । ...

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने
काठमाडौं । स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ । हामी भोली सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भएपनि सन्दीपलाई पठाउछ, क्यानका कोषाध्यक्ष पदम खड्काले भने । आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टो...

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु
काठमाडौं । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ ।मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न वर्षा र तुफानसँगै खसेको थियो । समाचार एजेन्सी एएनआईले घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जनालाई जीवितै उद्धार गरिएको जनाएको छ ।७०*५० मिटर ठूलो यो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । त्यहाँ हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेका थिए । घटनास्थलमा गएराति अबेरसम्म उद्धारकार्य जारी थियो...

अवैध बाटोबाट अमेरिका हिँडेका १० नेपाली केन्यामा बन्धक, तीन जना पक्राउ

अवैध बाटोबाट अमेरिका हिँडेका १० नेपाली केन्यामा बन्धक, तीन जना पक्राउ
  काठमाडौं । अवैध बाटोबाट अमेरिका हिँडेका १० जना नेपालीलाई केन्यामा ९ महिनासम्म बन्धक बनाएर राखिएको प्रहरीले दाबी गरेको छ ।बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले जानकारी दिए । गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको छ । पक्राउ पर्नेम सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली- १ का ङिमबुटी शेर्पा र जुगल गाउँपा...

अष्ट्रेलियाले बढायो विदेशी विद्यार्थीले भिसा पाउन जम्मा गर्नुपर्ने रकम

अष्ट्रेलियाले बढायो विदेशी विद्यार्थीले भिसा पाउन जम्मा गर्नुपर्ने रकम
काठमाडौं- अष्ट्रेलियाले विदेशी विद्यार्थीहरूलाई भिसा पाउन उनीहरूले जम्मा गर्नुपर्ने रकम बढाएको छ।आगामी शुक्रबारदेखि लागू हुनेगरी अष्ट्रेलियाले विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम २९ हजार ७१० अष्ट्रेलियन डलर पुर्‍याएको हो। अष्ट्रेलियाले यसअघि गत वर्षको अक्टोबरमा विद्यार्थीले बचत गर्नुपर्ने रकम बढाएको थियो।विद्यार्थीहरूको चर्को आप्रवासनलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियन सरकारले ७ महिनामै नयाँ नीति लिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। अक्...

नेप्लीज क्यानेडियन क्रिकेट क्लबका पूर्ब उपाध्यक्ष श्रेष्ठ क्यानेडियन अवार्डबाट सम्मानित

नेप्लीज क्यानेडियन क्रिकेट क्लबका पूर्ब उपाध्यक्ष  श्रेष्ठ क्यानेडियन अवार्डबाट सम्मानित
एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ उत्कृष्ट एसियन क्यानेडियन अवार्डबाट सम्मानित भएका छन् । क्यानडाको बहुसांस्कृतिक परिषद ले क्यानेडाको समुदायमा गरेको योगदानको कदर गर्दै एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठलाई उत्कृष्ट एसियाली क्यानेडियन अवार्ड २०२४ प्रदान गरेको छ । श्रेष्ठले एनआरएनए क्यानडाको उपाध्यक्षको रूपमा आफ्नो भूमिकामा नवआगन्तुक र अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूले सामना गर्ने विभिन्न समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। उन...

जापानकी विदेशमन्त्री काठमाडौं आउँदै, आजै टोकियो फर्किने

जापानकी विदेशमन्त्री काठमाडौं आउँदै, आजै टोकियो फर्किने
काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् ।अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् ।काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ । नेपाल र जापान बीच...

डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा

डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा(डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक गरेको छ ।शनिबार राति नतिजा प्रकाशित भएको हो । डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ ।नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ । डीभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुस्ल्क नमागिने अमेरिकी...

डीभीको नतिजा आज, यसरी हेर्नुहोस्

डीभीको नतिजा आज, यसरी हेर्नुहोस्
काठमाडौं- अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ ।शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC  मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ