×

अन्तर्राष्ट्रिय/प्रबास

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा
काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ ।परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । सामाजिक सन्जाल एक्समा मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल ९यू।एन।आई।एफ।आई।एल०का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक...

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता
वासिङ्टन डिसी - संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भएकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् । उनीहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ । नियोगका अनुसार उक...

प्रधानमन्त्री ‌ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता

प्रधानमन्त्री ‌ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।

अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिए

अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिए
मेरिल्यान्ड- अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्त २७ (मंगलबार) उनी मृत फेला परेका हुन् । गणित शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । उनि सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न पुगेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ । मृत्युको कारण पत्ता नलागेको मेरिल्याण्डवासी प्रविन भण...

अष्ट्रेलियाद्वारा विदेशी विद्यार्थीको संख्यामा ब्यापक कटौती

अष्ट्रेलियाद्वारा विदेशी विद्यार्थीको संख्यामा ब्यापक कटौती
काठमाण्डौ । अष्ट्रेलिया सरकारले नयाँ विदेशी विद्यार्थीको आगमनमा व्यापक कटौती गर्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय विद्यार्थीहरुको प्रमुख गन्तव्यमध्ये एक अष्ट्रलियाले विद्यार्थीको संख्या कोरोना महामारी अघिकै अवस्थामा पुर्याउन एक वर्षमा भित्र्याउने विद्यार्थी संख्या ताकेको हो । अष्ट्रेलियाले सन् २०२५ मा विश्वभरबाट जम्मा २ लाख ७० हजार विद्यार्थी मात्रै भर्ना लिने जनाएको छ । यसका लागि प्रत्येक उच्च शिक्षा संस्थाहरुलाई विद्यार्थीहरुको कोटा दिइनेछ । सबैभन्दा बढी विद्यार्थी कटौती भ...

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि नेपाल आइपुगेका छन् ।विदेश सचिव मिश्रीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।...

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु
काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् । वोएपास एयसलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।साओपाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल...

अन्तरिम सरकार बनाउने बंगलादेश सेना प्रमुखको घोषणा

अन्तरिम सरकार बनाउने बंगलादेश सेना प्रमुखको घोषणा
काठमाडौं- बंगलादेशमा राजनीतिक संकट उत्पन्न भएसँगे सेना प्रमुखले सम्बोधन गरेका छन्।सेनाका प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सोमबार अपराह्न सम्बोधन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ। उनले अन्तरिम सरकार बनाउन छलफल भइरहेको जानकारी गराएका छन्।अहिले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भइरहेको उनको भनाइ छ।विपक्षी दल बंगलादेश नेशनालिस्ट पार्टी  का नेताहरूसँग पनि छलफल गरिरहेको अलजजिराको समाचारमा उल्लेख छ। बंगलादेशको राजधानी ढाकामा हजारौं प्रदर्शन...

प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले बंगलादेश छाडिन्

प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले बंगलादेश छाडिन्
काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ । प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् ।बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् । तर, सम्भव भएन । बंगलादेशी सेनाका प्रमुख...