×

काठमाण्डौ । अष्ट्रेलिया सरकारले नयाँ विदेशी विद्यार्थीको आगमनमा व्यापक कटौती गर्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय विद्यार्थीहरुको प्रमुख गन्तव्यमध्ये एक अष्ट्रलियाले विद्यार्थीको संख्या कोरोना महामारी अघिकै अवस्थामा पुर्याउन एक वर्षमा भित्र्याउने विद्यार्थी संख्या ताकेको हो ।
अष्ट्रेलियाले सन् २०२५ मा विश्वभरबाट जम्मा २ लाख ७० हजार विद्यार्थी मात्रै भर्ना लिने जनाएको छ । यसका लागि प्रत्येक उच्च शिक्षा संस्थाहरुलाई विद्यार्थीहरुको कोटा दिइनेछ । सबैभन्दा बढी विद्यार्थी कटौती भोकेशनल एजुकेशन तालिम प्रदायक क्षेत्रमा गरिनेछ ।

सरकारको यो निर्णयको केही विश्वविद्यालयहरुले विरोध गरेका छन् । उनीहरुले यो कदमलाई आर्थिक गु्न्डागर्दीको संज्ञा दिएका छन् । तर अष्ट्रेलिया सरकारले भने यो कदमले शिक्षा क्षेत्रको गुणस्तर र दिगोपनलाई सुधार गर्न दाबी गरेको छ ।

सन् २०२४ मा अष्ट्रेलियामा ७ लाख १७ हजार ५ सय विद्यार्थीले प्रवेश गर्दैछन् । अष्ट्रेलियाका शिक्षामन्त्री जेसन क्लार्कले कारोना महामारीका बेला उच्च शिक्षा क्षेत्र प्रभावित बनेको र अन्तराष्ट्रिय विद्यार्थीहरुलाई फिर्ता पठाउनु परेको स्मरण गर्दै उनले अहिले विश्वविद्यालयहरुमा अन्तराष्ट्रिय विद्यार्थीहरुको संख्या कोरोना काल पूर्वको भन्दा १० प्रतिशत बढी रहेको बताएका छन् । यस्तै निजी भोकेशनल र तालिम प्रदायकहरुमा विद्यार्थीको संख्या ५० प्रतिशतभन्दा धेरै रहेको उनले बताए ।

उनले तव्रि पैसा कमाउनका लागि यो क्षेत्रको दुरुपयोग भईरहेको आरोप समेत लगाएका छन् । उनले केही विश्वविद्यालयहरुले कमजोर भाषा भएका विद्याथीहरुलाई समेत अनुमति दिएको बताउँदै यसले शिक्षा र तालिमको गुणस्तर खस्किएको बताए ।

सन् २०२५ मा सरकारी विश्वविद्यालयहरुमा १ लाख ४५ हजार विद्यार्थी भर्ना गरिनेछ । जुन सन् २०२३ कै हाराहारी भएको क्लार्कले बताए । यस्तै सन् २०२५ मा निजी विश्वविद्यालयहरुले ३० हजार र भोकेशनल र तालिम प्रदायकहरुले ९५ हजार नयाँ विदेशी विद्यार्थी भर्ना गर्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया