×

समाचार

अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने 

अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने 
काठमाण्डौ ।  अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना छैन । साथै मनसुन बाहिरिने संकेत देखिन थालेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । मौसमविद् अर्यालका अनुसार मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थाल...

आइतबार थप १५७३ जनामा कोरोना संक्रमण

आइतबार थप १५७३ जनामा कोरोना संक्रमण
काठमाडौं।  आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ।यस दिन मृतक १० जनामा कोरोना पु...

मकवानपुरमा खोलाले बगाउँदा श्रीमान श्रीमतीको मृत्यु

मकवानपुरमा खोलाले बगाउँदा श्रीमान श्रीमतीको  मृत्यु
हेटौंडा । मकवानपुरमा सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका(६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरगढी गाउँपालिकाको झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिकाको वडानम्बर ३ नम्बरतर्फ उनीहरु हिँडेका थिए । खोलाले बगाएका उनीहरुलाई करिब ६५ मिटर तल पुर्‍याएको प्रहरी...

१२०७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ७२४

१२०७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ७२४
काठमाडौं । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन्, जसमध्ये...

स्याङ्जामा पहिरो अपडेट : १० जनाको मृत्यु

स्याङ्जामा  पहिरो अपडेट :  १०  जनाको मृत्यु
स्याङ्जा ।स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ । वालिङ नगरपालिका तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जिवितै उद्धार गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया मा...

 संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

 संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले भने ।मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।मन्त्रालयले जनस्वाथ्...

गजुरीमा पहिरो जाँदा दुई कन्टेनर पुरिए

गजुरीमा पहिरो जाँदा दुई कन्टेनर पुरिए
धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुिग्लनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सय...

भरतपुर कोभिड–१९ प्रयोगशालामा परिक्षण रोकियाे

भरतपुर कोभिड–१९ प्रयोगशालामा परिक्षण रोकियाे
चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ । प्रयोगशाला प्रमुख डा नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ । मङ्गलबार मात्र ३२५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट ...

१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ
विराटनगर : विराटनगरको बाटो हुँदै एक किशोरीलाई भारत पुर्‍याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ। सुनसरीको रामधुनी नगरपालिका-५ की १७ वर्षीया किशोरीलाई नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका-१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको हो। सोमबार साँझ ७ बजेतिर उनलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको छ। उनलाई ...