×

समाचार

३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना

३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना
काठमाडौं ।तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भूभागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सोमबार दिउँसो र राति कर्णाली, गण्डकी र प्रदेश १ सहित देशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । ३ गते मंगलबार पनि देशका पहाडी भूभागमा आंशिकरुपमा बदली हुने र चट्याङसहित सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान छ । ३ गते कर्णाली, गण्डकी र प्रदेश १ सँगै बागमतीमा पनि पानी पर...

लहान मालपोतमा बम बिस्फोट : दुई कर्मचारी घाइते, भेटियो गोइत समूहको पर्चा

लहान मालपोतमा बम बिस्फोट : दुई कर्मचारी घाइते, भेटियो गोइत समूहको पर्चा
काठमाडौं। सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम बिस्फोट हुँदा घाइते हुनेको संख्या ७ जना पुगेको छ। घाइते हुनेमा २ जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही हुन्।प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ। मालपोत कार्यालयमा दिउँसो १ बजेतिर प्रेसर कुकर बम बिस्फोट भएको डिआइजी सिंहले जानकारी दिए।उनका अनुसार बिस्फोटमा गम्भीर घाइते भएका सेवाग्...

आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो

आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो
काठमाडौं । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताए । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्ति...

चार छोराछोरीसहित आमाले कर्णालीमा हाम्फालिन्, दुई छोरीको शव फेला

चार छोराछोरीसहित आमाले कर्णालीमा हाम्फालिन्, दुई छोरीको शव फेला
सुर्खेत । दैलेखको आठबीस नगरपालिका वडा वडा नम्बर ३ निमायलकी एक महिलाले चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी छन् । दुई छोरीको शव सोमबार साँझ भेटिए पनि अन्य तीनजना वेपत्ता छन् । वडाअध्यक्ष प्रयागबहादुर शाहीका अनुसार आइतबार दिउँसो निमायलका श्रीमान मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राती नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् । ‘उनी आइतबार राती नै घरबा निस्किएको थाहा भयो । श्रीमान मदिरा सेवन गर्ने गरेका थिए । सायद घर झगडा भएको हुनुपर्छ...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो बादलको नेतृत्वमा वार्ता टोली

विप्लवसँग वार्ता गर्न सरकारले बनायो बादलको नेतृत्वमा वार्ता टोली
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन गरेका छन् । उनले मदनभण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि आइतबार नै शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर कमल खोला पुल, मावाबेतिनी पुल र रतुवा खोलाका २ वटा पुल उद्घाटन गरेका हुन् । कमलखोला पुल २०७६ फागुन २३ मै निर्माण सकिएर सञ्चालनमा आएको एक वर्षपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । १७० मिटर लामो यो पुल...

नेपाल बाल संगठन चितवनको सभापतिमा पौडेल

नेपाल बाल संगठन चितवनको सभापतिमा पौडेल
चितवन । नेपाल बाल संगठन चितवनको जिल्ला भेला तथा सातौं अधिवेशनले रविकिरण पौडेलको सभापतित्वमा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मत रुपमा समिति चयन गरेको हो । समितिको सदस्यमा हेमा पौडेल, मुकुन्द प्रसाद विडारी, हरीकृष्ण शर्मा चापागाईं, रामबाबु श्रेष्ठ, गुरुचन्द्र घिमिरे, प्रतिमा सिलवाल र अमृता भट्टराई रहेका छन् । ११ सदस्यीय समितिमा बाँकी दुई जना कार्यसमिति र एक जना केन्द्रीय समितिले मनोनयन गर्ने सभापति पौडेलले जानकारी दिनुभयो । निर्वाचित समितिका पदाधिकारीलाई नेपा...

मदन भण्डारी फाउण्डेशनले चलायो सुशासन र समृद्धिका लागि बहस

मदन भण्डारी फाउण्डेशनले चलायो सुशासन र समृद्धिका लागि बहस
सौराहा  । मदन भण्डारी फाउण्डेशनले सुशासन र समृद्धिका विषयमा बहस चलाएको छ । फाउण्डेशनले आज सौराहामा “ सुशासन र समृद्धिका लागि सञ्चार” बिषयक अन्तरक्रिया कार्यक्रम आायोजना गरेको हो । कार्यक्रममा फाउन्डेसनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीका सिद्धान्त अनुसार राजनीति अगाडि बढेको बताउनुभयो । मदन भण्डारी फाउण्डेशन पार्टीकोभन्दा पनि स्वायत्त संस्था भएको बताउनुभयो । जननेता भण्डारीको नेपालको राजनीति क्षेत्रमा महत्त्वपूर्ण मार्गनिर्देशन रह...

सुर्खेतमा बर्डफ्लु भित्रियो, कुखुरा र परेवा नष्ट

सुर्खेतमा बर्डफ्लु भित्रियो, कुखुरा र परेवा नष्ट
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भित्रिएको छ । वीरेन्द्रनगर नगरपालिका(१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो ।पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताए । ‘सुर्खेतमा पनि बर्डफ्लु आशंका लागेपछि केही दिनअघि परीक्षणका लागि काठमाडौं पठाएका थियौँ । बर्डफ्लु पुष्टि भएपछि झण्डै चारसय कुखुरा र परेवा नष्ट गरिएको छ,’ सूचना अ...