प्रधानन्यायाधीशलाई आज सर्वोच्च परिसरमा प्रवेश गर्न नदिने बारको तयारी
काठमाण्डौ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने भएको छ ।हिजो सर्वोच्च परिसरमा भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेकाले आज बिहान १० बजे अघि नै भेला भएर आन्दोलन गर्न लागेको बारले जनाएको छ ।
बार एसोसिएशनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकालेर सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित हुन निर्देशन दिनुभएको छ । प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्न बाध्य हुने बारले चेता...


