×

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब भगवान् रामले माडीलाई मणि बनाउने बताउनुएको छ । माडीको अयोध्यापुरीमा राम–सीता मन्दिरमा पूजा गरेपछि मन्दिर परिसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस क्षेत्रको विकास गर्न भगवान राम स्वयं उपस्थित भएको बताउनुभयो । उहाँले माडीको विकासको जिम्मा आफुले लिने बताउनुभयो ।

उहाँले माडीमा राम मन्दिर बनेकाले पापी मान्छेहरु होशियार हुनुपर्ने धारणा राख्नुभयो । माडीमा राममन्दिर बनेकै कारण प्रचण्ड आत्तिएको ओलीको भनाई छ । उहाँले प्रचण्डप्रति लक्षित गर्दै माडीको विकासका लागि जमानी बसेको मान्छे भागेको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया