गुणस्तर मापदण्ड पुरा नगरेपछि चितवनकाे अनमोल फिड्स सहित आठ उद्योगविरुद्ध कारबाही
सुस्मा न्याैपाने
चितवन । खाद्य तथा गुण नियन्त्रण कार्यालय भरतपुर चितवनले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका आठवटा उद्योगविरुद्ध मुुद्धा दायर गरेको छ । कार्यालयका प्रमुख घननाथ अधिकारीका अनुसार २०७८ माघ १० गतेदेखि २०७९ असार १७ गतेसम्म आठ उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्धा दर्ता गरिएको हो ।
खाद्य पदार्थ तर्फ रत्ननगर नगरपालिका वडा नं ११ मा रहेको केसी राईस मिल, खैरहनी नगरपालिका वडा नं. ६ मा रहेको मायादेवी राइस मिल, भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको लक्ष्...


