×

समाचार

अनुसन्धानमा दाबी : बेलुकाको खानासँग दैनिक बियर पिउनु फाइदाजनक

अनुसन्धानमा दाबी : बेलुकाको खानासँग दैनिक बियर पिउनु फाइदाजनक
हरेक दिन बियर पिउँदा तपाईंको स्वास्थ्यमा सुधार आउन सक्छ । यो दाबी पोर्चुगलको नोवा युनिभर्सिटी लिस्बनका वैज्ञानिकले एक अनुसन्धानमा गरेका हुन् । त्यहाँका वैज्ञानिकका अनुसार रातीको खानासँग दैनिक बियर पिउँदा पुरुषहरुको पेटमा गुड ब्याक्टेरियाको स्तर बढ्ने गर्छ । यो फाइदा अल्कोहोलिक र नन–अल्कोहोेलिक बियर दुबै पिउँदा हुन्छ । यसरी भयो अनुसन्धान – अनुसन्धानमा १९ वयस्क पुरुषलाई समावेश गरियो । उनीहरुको औसत उमेर ३५ वर्ष थियो । – सबैलाई दैनिक चार हप्ताका लागि रातीको खानासँग ३२५ म...

नवलपुरको धौवादी फलाम खानीको उत्खनन तत्काल अगाडि बढाउन सांसदको माग

नवलपुरको धौवादी फलाम खानीको उत्खनन तत्काल अगाडि बढाउन सांसदको माग
नवलपुर । प्रतिनिधिसभाको आजको बैठकमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धौवादी फलाम खानीको उत्खनन प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ । सो उद्योग सञ्चालनमा सरकारले कम्पनी नै स्थापना गरिसकेको छ । सरकारले गराएको अध्ययनबाट सो फलाम खानीमा १५ करोड मेट्रिक टन बराबरको फलाम रहेको छ । उक्त मात्राको फलाम नेपालले मात्रै प्रयोग गरेको खण्डमा ७० वर्षका लागि पुग्छ । फलामको गुणस्तरसमेत राम्रो रहेको चीनमा गरिएको अध्ययनबाट स्पष्ट भएको छ । दैनिक एक हजार ५०...

विद्युत प्राधिकरण भरतपुरका प्रमुख राजीव सिंह पक्राउ

विद्युत प्राधिकरण भरतपुरका प्रमुख राजीव सिंह पक्राउ
चितवन–नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पक्राउ परेका छन् ।पत्रकार कुटपिटको घटनामा सिंहसहित ८ जना कर्मचारीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएपछि सिंह गयराति पक्राउ परेका हुन् । उनी आफै जिल्ला प्रहरी कार्यालय भरतपुरमा हाजिर भएका हुन् । सिंहसँग घटनाको विषयमा आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार नै सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएका थिए । उनलाई तत्का पक्राउ पर्न नेपाल पत्रकार महासंघलगायत सम्ब...

साउने सङ्क्रान्ति पर्व आज मनाइदै

साउने सङ्क्रान्ति पर्व आज मनाइदै
काठमाडौं । आज साउन १ गते साउने (कर्कट) सङ्क्रान्ति पर्व मनाइदैछ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते साउने सङ्क्रान्ति पर्व देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइन्छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकोले यस दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई ...

एकै दिन थप १७७ जनामा कोरोना संक्रमण

एकै दिन थप १७७ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् ।

तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाइँदै

तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनल...

एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्‍ये ३९९जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्...

पोखराको शिला फेन्सी स्टोर्सका सञ्चालक पक्राउ, नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोप

पोखराको  शिला फेन्सी स्टोर्सका सञ्चालक पक्राउ, नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोप
पोखरा। पोखराको चिप्लेढुंगास्थित शिला फेन्सी स्टोर्सका सञ्चालक छविलाल गौतम १५ वर्षीया नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। आफ्नै फेन्सी स्टोर्समा जागिर लगाइदिने भन्दै नाबालिगलाई बुधबार बिहान बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पीडित परिवारले दिएको जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार पीडित नाबालिगको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लग...

आईतबार दिदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

आईतबार दिदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय
काठमाडौं । सरकारले आइतबार दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।