×

सुस्मा न्याैपाने

चितवन । खाद्य तथा गुण नियन्त्रण कार्यालय भरतपुर चितवनले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका आठवटा उद्योगविरुद्ध मुुद्धा दायर गरेको छ । कार्यालयका प्रमुख घननाथ अधिकारीका अनुसार २०७८ माघ १० गतेदेखि २०७९ असार १७ गतेसम्म आठ उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्धा दर्ता गरिएको हो ।

खाद्य पदार्थ तर्फ रत्ननगर नगरपालिका वडा नं ११ मा रहेको केसी राईस मिल, खैरहनी नगरपालिका वडा नं. ६ मा रहेको मायादेवी राइस मिल, भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको लक्ष्मी पाउरोटी उद्योग विरुद्ध २०७८ माघ १६गते मुद्धा दायर गरिएको अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी दाना उद्योगतर्फ अनमोल फिड्स प्रा.लि भरतपुर, न्यू होप एग्रो विजनेस; प्रा.लि चितवन, वेल होप एग्रीटेक प्रा.लि भरतपुर,एपोलो फिड्स प्रा.लि भरतपुर र  आरआर फिड्स प्रालि चितवन विरुद्ध मुद्धा  दायर गरिएको हो । खाद्य उद्योगहरुले लेवल विवरण पुरा नगरेको तथा दाना उद्योगहरुले दाना पदार्थको गुणस्तर मापदण्ड पुरा नगरेको देखिएकोले उनिहरुमाथि मुद्धा चलाइएको हो ।केन्द्रीय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला बबरमहल काठमान्डौमा गुणस्तर भए नभएको जाँच गर्दा कैफियत देखिएपछि उनिहरुविरुद्ध डण्डा लगाइएको हो ।

मुद्धा दर्ता गरिएका खाद्य तथा दाना उद्योगहरु मध्ये हालसम्म आरआर फिड्स प्रालि, न्यू होप एग्रो विजनेस प्रा.लि, केसी राइस मिल रत्ननगर, मायादेवि राइस मिल खैरहनी र लक्ष्मी पाउरोटी उद्योग भरतपुरलाई क्रमश  ४० हजार, ३० हजार, १० हजार ,१० हजार र ७ हजार रुपैँया जरिवाना तिराउनुका साथै आगामी दिनमा गुणस्तर कायम गर्नका लागि सचेत गराइएको छ । मुद्धा दायर गरिएका अनमोल फिड्स प्रा.लि , वेल होप एग्रीटेक प्रा.लि, र एपोलो फिड्स प्रा.लिकाे बारेमा हालसम्म कति रकम जरिवाना गरिन्छ भन्ने निर्णय भैसकेकाे छैन ।

 

तपाईको प्रतिक्रिया