जागिरे ‘गृहिणी’ !
यमुना अर्याल (काफ्ले)
हामीले आजसम्म बुझेको एउटै बुझाइ हो, जुन महिलाको काम घरमा मात्रै बस्ने, घरधन्दामात्रै गर्ने, बिहान हतारहतार गर्दै अफिसको लागि नकुद्ने, बालबच्चा स्कुल लैजाने, स्कुलबाट ल्याउने,घरको सरसफाइ गर्ने,श्रीमानलाई अफिस पठाउने
पाहुनाको स्वागत सत्कार, घरका आफन्तको खुसीका लागि घर गृहस्थी सम्हाल्ने
यस्तै यस्तै काममा लागिरहने महिला गृहिणीको सूचीभित्र पर्छन्।
कार्यक्षेत्र विशाल भए पनि, कामको प्रकृति अनगिन्ती भए पनि कति सजिलै भन्छौ, फलानी त अफिस जाँदिनँ, घरमा ...