×

राजनीति

देश अस्थिरतातर्फ गइरहेको छ: राजेन्द्र लिङ्देन

देश अस्थिरतातर्फ गइरहेको छ: राजेन्द्र लिङ्देन
काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देश अस्थिरतातर्फ गइरहेको बताएका छन् । आज राम नवमीको अवसरमा काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने बताएका हुन् । उनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताए । उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढेको बताए । उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्...

मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बिहान ११ बजेका लागि तय गरिएको छ ।विस्तार हुन लागेको मन्त्रिपरिषद्मा पठाउने मन्त्रीहरु छान्न बैठक बस्न लागेको हो । सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ । नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारीमा छ ।

मन्त्रिपरिषद् विस्तार आज, ९ दल सरकारमा सहभागी हुँदै

मन्त्रिपरिषद् विस्तार आज, ९ दल सरकारमा सहभागी हुँदै
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेकोले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठले आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताए । उनले भने, ‘बिहीबार बेलुका शपथ हुनेछ, जनमोर्चा बाहेक सबै दल सरकारमा जान...

मलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्नेछुः नेता रावल

मलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्नेछुः नेता रावल
कैलाली । नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन् । आज (मगंलबार)  पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने उनले बताए । त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने उनले बताए । उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् ...

मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्दै

मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्दै
काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज मङ्गलबार बस्ने भएको छ । सत्ता गठबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा आज मङ्गलबार अपराह्न गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जा...

रक्सी खाने मान्छे एमाले हुन सक्दैन :अध्यक्ष ओली

रक्सी खाने मान्छे एमाले हुन सक्दैन :अध्यक्ष ओली
अर्घाखाँची । एमाले अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्।नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरूट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘बेलुका बाटोमा सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ।’ समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उनले स...

देश गम्भीर बिरामी अवस्थामा छ : शेखर कोइराला

देश गम्भीर बिरामी अवस्थामा छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरु निराश रहेको, व्यापारिक शहरहरु उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन् । ‘मैले कर तिर्ने बर्ग निराश भएको पाएँ, यहीँ उद्यम गरेर टिक्न खोज्नेहरु हतास मनसिस्थतिमा रहनु हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो’, उनले भने, ‘सबैको ब्यापार घटेको छ । ब्यापार घटेपछि उद्योगको उत्प...

दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने उपप्रधानमन्त्री श्रेष्ठकाे दावी

दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने उपप्रधानमन्त्री श्रेष्ठकाे दावी
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ दलबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन्। शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरक...

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ ।शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए । यसैगरी उक्त बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समि...