एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्ने योग्यता पुग्यो : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको बताएका छन् ।आइतबार काठमाडौँमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देश बनाउन एउटा नीति, एउटा विचार, एउटा सङ्गठनले नेतृत्व गर्नुपर्ने बताए । एमालेको पक्षमा छैनौँ भन्नेहरूलाई प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाएको उनको भनाइ छ ।
दस जनाले दसतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीको ...


