×

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।बिस्तारका लागि मन्त्रालय भागबन्डा र दलहरूसँग नाम मागिरहेका प्रधानमन्त्रीले दलहरूले मन्त्री हुनेहरूका नाम दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री दाहालले बिहीबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग पनि बैठक गरेका थिए।उक्त बैठकमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने समझदारी बनेको थियो। प्रधानमन्त्री दाहालले बिहीबार नै सत्तारूढ दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफलसमेत गरेका थिए।

कांग्रेसले ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २र२, जनमतले एक मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक(एक मन्त्रालय लिने सहमति बनेको थियो।

सोहीअनुसार दलहरूले मन्त्री हुनेहरूको नामबारे पार्टीभित्र आन्तरिक छलफल गरी लगभग टुंगोसमेत लगाइसकेका छन्। पार्टीहरूले आज नाम दिएमा आजै मन्त्रिपरिषद बिस्तार र शपथसमेत हुनेछ।प्रधानमन्त्री दाहालले चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। प्रधानमन्त्रीले लामो समयदेखि १६ मन्त्रालय आफैँले हेर्दै आएका छन्।

तपाईको प्रतिक्रिया