×

राजनीति

आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, जनमतकी अनिता देवी मन्त्री बन्ने

आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, जनमतकी अनिता देवी मन्त्री बन्ने
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान म...

उच्चस्तरीय आयोग बनाएर भ्रष्टाचारका काण्डहरूको छानबिन गरौँ : बाबुराम भट्टराई

उच्चस्तरीय आयोग बनाएर भ्रष्टाचारका काण्डहरूको छानबिन गरौँ : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका छन्।शनिबार सुर्खेतमा भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रत्येक वर्ष बाहिर आएको भ्रष्टाचारका काण्डको आयोगमार्फत् निष्पक्ष छानबिन गर्नुपर्ने बताए। ‘भ्रष्टाचारको विगविगी पछिल्लो समय पनि कमी आएको छैन, प्रत्येक वर्ष ठूला काण्ड बाहिर आएका छन्,’ भट्टराईले भने, ‘यसलाई एउटा एउटा काण्ड मात्र छानबिन गर्ने होइन, उच्चस्तरीय छानबिन ...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने रु नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्ष...

कांग्रेस नेता गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेस नेता गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार गच्छदार सहित चारजना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रिय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताए । ब्यूरो स्रोतका अनुसार पूर्वमन्त्रीहरु डम्बर बहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाहविरुद्ध पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरुले ‘सरकारी ...

अदालतको फैसला जानकारीमा रहेको भन्दै माधव नेपाल विदेश लागे

अदालतको फैसला जानकारीमा रहेको भन्दै माधव नेपाल विदेश लागे
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल विदेश भ्रमणमा गएका छन् ।प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड लगायत देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट नै उनी युरोपका लागि उडेका हुन् ।उनको सचिवालयका अनुसार टर्किस एअरको विमानबाट नेपाल आज बिहान साढे ७ बजे इस्तानबुल हुँदै जेनेभाका लागि उडेका हुन् ।सर्वोच्च अदालतको अदालत...

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी को स्थायी कमिटी बैठक आज पनि बस्दै छ।केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। ‘कार्यसूचीमा आधारित भए पनि स्थायी कमिटी सदस्यहरूलाई आफूलाई लागेको कुरा निर्धक्क भन्न समय दिएका छौं,’ उनले सेतोपाटीसँग भने, ‘हिजो करिब १८ जनाले आफ्ना कुरा राख्नु भयो।’आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्...

नेपाली काँग्रेसद्धारा एसइइ उतिर्ण ८० जना विद्यार्थीहरुलाइ गैँडाकोट ५ मा सम्मान

नेपाली काँग्रेसद्धारा एसइइ उतिर्ण ८० जना विद्यार्थीहरुलाइ गैँडाकोट ५ मा सम्मान
गैँडाकोट । २०७९ सालको एसईई परिक्षामा उत्तिर्ण भएका विद्यार्थीहरूलाई नेपाली कांग्रेस गैंडाकोट वडा नं. ५ ले शनिवार सम्मान गरेको छ । आज आयोजित एक कार्यक्रममा वडा नं. ५ मा बसोबास गरि एसईई उत्तिर्ण गरेका विद्यार्थीहरूलाई काँग्रेसले सम्मान गरेको हो । नेपाली काँग्रेस वडा नं. ५ का सभापति लक्ष्मण कार्कीको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको विद्यार्थी सम्मान कार्यक्रममा वडाबाट एसइइ पास भएका ८० जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सो अ...

एमालेले भन्यो : गृहमन्त्रीले स्टन्ट मात्र गरे, सुन तस्करीको उच्चस्तरीय छानबिन होस्

एमालेले भन्यो : गृहमन्त्रीले स्टन्ट मात्र गरे, सुन तस्करीको उच्चस्तरीय छानबिन होस्
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।बुधबार बसेको संसद बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले भन्सारबाट पास भएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले ३ साउनमा बरामद गरेको उल्लेख गरे । ‘राजश्व अनुसन्धान विभागलाई सूचना प्राप्त हुँदा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई थियो कि थिएन रु अवश्य थियो’ उनले भने, कर्मचारीको सेटिङले मात्र य...

कोशीमा मुख्यमन्त्री नियुक्ति विवाद : आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोशीमा मुख्यमन्त्री नियुक्ति विवाद : आज पूर्ण इजलासमा सुनुवाइ हुँदै
काठमाडौं । कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले त्यो प्रक्रियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । अब यो मुद्दा ...