काठमाडौं । ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार गच्छदार सहित चारजना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रिय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताए ।
ब्यूरो स्रोतका अनुसार पूर्वमन्त्रीहरु डम्बर बहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाहविरुद्ध पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरुले ‘सरकारी लिखत किर्ते’ गरेर ब्यक्तिको नाममा लैजान भुमिका खेलेको आरोप छ ।
बिजय गच्छदार २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्री थिए । २०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा हाल संचार मन्त्रालयका सचिव कृष्ण राउतले विशिष्ट व्यक्तिहरुको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।
राउले उठाएको टिप्पणीलाई तत्कालिन सह–सचिव मलेगोले ‘राय सहित’ भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालिन सचिव दीप बस्न्यातकहाँ पेश गरेका हुन् । बन्स्यातले ‘राय’ सहितको प्रस्ताव सदर गरेर मन्त्री बिजय गच्छदारकहाँ पेश गरे । सो प्र्रस्ताव राज्यमन्त्री संजय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका हुन् ।



उज्यालो खबर




