काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन्।सोमबार बिहान अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन्।पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बताए।
आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर लेख्ने गरेको पनि उनले बताए।‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ,’ उनले भने, ‘कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ।’
आफू कम बोल्ने र बोलिसकेपछि तह लगाएरै छाड्ने स्वभावको भएको अध्यक्ष नेपालको भनाइ छ।ललिता निवास जग्गा प्रकरणमा अध्यक्ष नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको थियो। त्यसको भोलिपल्ट अध्यक्ष नेपाल विदेश गएका थिए।



उज्यालो खबर




