×

राजनीति

पाँच दर्जन सहसचिवको सरुवा सूची प्रधानमन्त्री कार्यालयमा

पाँच दर्जन सहसचिवको सरुवा सूची प्रधानमन्त्री कार्यालयमा
काठमाडौँ । सरकारले ठूलो संख्यामा सहसचिवको सरुवा तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट सदर हुने गरी पाँच दर्जन बढी सहसचिवको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो । नौ जना पदस्थापनसहित पुगनपुग दर्जन जति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिवको पदस्थापन हुँदैछ भने संघीय तथा प्रदेश मन्त्रालयका सहसचिवहरूको अदली बदली गरिँदै छ । प्राप्त जानकारी अनुसार आधा दर्जन बढी...

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् । सरकार गठनको आह्वानविरुद्ध स्वतस् कामचलाउ भएका मुख्मन्त्री केदार कार्की सर्वोच्च अदालत जाँदैछन् ।प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका ला...

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने छ ।शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दै छ । हिउँदे अधिवेशनमा कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्...

कोशीमा नयाँ सरकार आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र

कोशीमा नयाँ सरकार आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र
विराटनगर । कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बुझाएको पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको दाबी गरिएको छ । गत २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन अर्थात २५ वैशाखसम्...

सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ ।१५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

यी चार विषयमा छलफल गर्न बस्दैछ रास्वपा संसदीय दलको बैठक

यी चार विषयमा छलफल गर्न बस्दैछ रास्वपा संसदीय दलको बैठक
काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दैछ।संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्।उनका अनुसार बैठकका लागि चारवटा कार्यसूची तय गरिएको छ। संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट प्रारम्भ हुँदैछ।आगामी बजेट अधिवेशन र सरकारको नीति कार्यक्रमबारे बैठकमा छलफल हुने सचेत डाँगीले बताइन्। त्यस्तै पार्टीको संसदीय कामकारबाहीबारे पनि छलफल हुनेछ। संसदीय दलको बैठकमा इलाम—२ को उपनिर्वाचनको पन...

असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई

असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई
काठमाडौं- नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनु परेको बताएका छन्।निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सोमबार अपराह्न सिंहदरबार पुगेका उनले पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाइँ हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने भएको भन्दै नयाँ पार्टी दर्ता गरेर जाने आफूहरू निष्कर्षमा पुगेको बताए।अध्यक्ष राईले सत्ता राजनीतिका कारण आफूहरूले पार्टी विभाजन नगरेको जिकिर पन...

जितपछि सुहाङको सन्देश-मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन

जितपछि सुहाङको सन्देश-मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन
  काठमाडौं । इलाम २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले बुवाले देखाएको निष्ठाको बाटो र इमानलाई शिरमा राखेर ‘समृद्ध इलाम -सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । जितपछि आभार तथा धन्यवाद सन्देश व्यक्त गर्दै उनले भनेका छन्, ‘इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’ आफुले इलामको समृद्धिको नयाँ अध्यायका लागि विश्वास जित्ने मौका दिन गरेको ...

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो । बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले प्रदेश सभामा २१ गते विश्वासको मत लिने समझदारी भएको जानकारी दिए । उनकाअनुसार नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय ...