×

राजनीति

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
  काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उत...

इलाम–२ मा सुहाङलाई निरन्तर अग्रता, कांग्रेससँग मतान्तर घटाउँदै थेगिम

इलाम–२ मा सुहाङलाई निरन्तर अग्रता, कांग्रेससँग मतान्तर घटाउँदै थेगिम
 काठमाडौं । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् ।उनले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले भन्दा ३९६० मत बढी पाएका छन् । सुहाङले ११ हजार ६१९ मत पाउँदा डम्बरले ७ हजार ६५९ मत पाएका छन् । पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले कांग्रेससँगको मतान्तर घटाउँदै लगेका छन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार उनले ७ हजार ४५२ मत पाएका छन् ।उनले पाएको मत कांग्रेस ...

बझाङमा उछिनपाछिन, ९ मतले एमाले फेरि अगाडि

बझाङमा उछिनपाछिन, ९ मतले एमाले फेरि अगाडि
कैलाली । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन् । भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन् । अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ ।

बझाङमा कांग्रेसका सिंहसँग मतान्तर घटाउँदै एमालेका भण्डारी

बझाङमा कांग्रेसका सिंहसँग मतान्तर घटाउँदै एमालेका भण्डारी
धनगढी- बझाङको प्रदेश सभा उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ।अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह अगाडि छन्। उनले ९१६७ मत ल्याएका छन्।सिंहलाई नेकपा (एमाले) का उम्मेदवार दमन भण्डारीले पछ्याइरहेका छन्। भण्डारीले ९०८४ मत ल्याएका छन्। यहाँ कांग्रेसका सिंहसँग एमालेका भण्डारीले मतान्तर घटाउँदै लगेका छन्। माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३५३५ र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २४२७ मत ल्याएका छन्।५० वडा रहेको बझाङ क्षेत्र नम्बर...

बझाङमा एमाले निरन्तर अगाडि

बझाङमा एमाले निरन्तर अगाडि
काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निरन्तर अगाडि छन् । ५७१९ सदर मतमध्ये भण्डारीले २०८८ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १३७२ मत पाएका छन् । तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १२९१ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ८६४ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ५० मत प्राप्त गरेका छन् ।

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता
काठमाडौं । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाएका छन् । वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बर खड्का ३४५ मतले पछाडि परेका छन् । उनले दुई हजार १९७ मत पाएका छन् । त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन्...

इलाममा सबैतिरको मतपेटिका आइपुग्यो, केहीबेरमा सर्वदलीय बैठक

इलाममा सबैतिरको मतपेटिका आइपुग्यो, केहीबेरमा सर्वदलीय बैठक
  विराटनगर । शनिवार मतदान भएका इलामका सबै मतदान केन्द्रबाट रातीसम्ममा मतपेटिका आइपुगेका छन् ।राती बिहानको २ बजे राति सम्म ७९ जटा मतदान स्थल र १४९ वटै मतदान केन्द्रको मतपेटिका गणना स्थल आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाटोका कारण मतपेटिका ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम बजारमा रहको गौतम बुद्ध हल ९सिटी हलमा० मतगणनाको तयारी भएको छ ।हिजोबाटै मतगणनाको तयारी भए पनि अबेरसम्म मात्रै मत पेटिका आइपुग्ने भएपछि अहिले ...

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । भेटवार्ता होटल सोल्टीमा भएको हो ।यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा...

कतारका राजा काठमाडौं आइपुगे

कतारका राजा काठमाडौं आइपुगे
काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् । आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।मंगलबार उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रीभोजको आयोजना गरेक...