×

राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर त्यो मागलाई सत्ता साझेदार दल...

रास्वपाको घोषणा :अब संसदीय समिति बन्दैन

रास्वपाको घोषणा :अब संसदीय समिति बन्दैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब संसदीय समिति नबन्ने बताएको छ ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेको भन्दै रास्वपा सहप्रवक्ता मनिष झाले अब समिति नबन्ने बताए । संसद बैठकपछि उनले भने, अब समिति त्यो बेलामा मात्र बन्छ, जब कांग्रेस आफ्ना पदाधिकारीहरुको फाइल खोल्न तयार हुन्छ ।’ कांग्रेस सभापति देउवाका साथै उनका श्रीमती र छोराको पनि छानबिन गर्नुप...

संसद अवरोध जारी राख्ने कांग्रेसको निर्णय

संसद अवरोध जारी राख्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने बताएको छ ।सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो । बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए । ‘रविजी लगायत सहकारीका सबै विषयलाई समेटेर छानबिन हुनुपर्छ भन्न...

संसद बैठक चार बजेलाई सर्‍यो, प्रधानमन्त्री र सभामुखबीच टेलिफोन कुराकानी

संसद बैठक चार बजेलाई सर्‍यो, प्रधानमन्त्री र सभामुखबीच टेलिफोन कुराकानी
काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजे बस्ने तय भएको थियो । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ । सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले राख्दै आएको छ । कांग्रेसको यही अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।...

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं- उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार सुनुवाइ हुने भएको छ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो।

उपप्रधानमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले दिए राजीनामा

उपप्रधानमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले दिए राजीनामा
काठमाडौं- उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएपछि जसपा सरकारबाट बाहिरिएको छ । दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

कांग्रेसको संसदीय दलको बैठक बस्दै

कांग्रेसको संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दै छ ।कांग्रेसले संसदको घटनाक्रमबारे छलफल गर्न दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय गरेको हो । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो । कांग्रेसले सहरकी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको छ । तर, सरकार तयार न...

प्रधानमन्त्रीको प्रस्ताव नमानेपछि रविमाथि कांग्रेसले आरोप लगायो -ओली

प्रधानमन्त्रीको प्रस्ताव नमानेपछि रविमाथि कांग्रेसले आरोप लगायो -ओली
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताएका छन्।पार्टीको काठमाडौँ महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसदमा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको जिकिर पनि गरे। ‘मैले हिजो पनि भने साह्रै अचम्मको कुरा के भने नेपाली कांग्रेस एउटै मान्छेल...

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो ।बजे...