×

राजनीति

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठ बस्दै , यस्ता छन् कांग्रेसले उठाउने एजेण्डा

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठ बस्दै , यस्ता छन् कांग्रेसले उठाउने एजेण्डा
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख विपक्षी दल नेपा...

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको पत्र :   यस्तो छ बैठकमा नआउनुको कारण

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको पत्र :   यस्तो छ बैठकमा नआउनुको कारण
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिनुभएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आजबाट सुरु भएको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाउनु भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार ओलीले आफ्नो पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा छलफल गर्न नसक्ने आफ्नो मान्यता रहेकाले बैठकमा आउन नसक्ने बताएका छन । प...

दुई अध्यक्षबीच विवाद चर्किँदै गएका बेला दाहाल–नेपाल समूहका विद्यार्थी भेला

दुई अध्यक्षबीच विवाद चर्किँदै गएका बेला दाहाल–नेपाल समूहका विद्यार्थी भेला
काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नेकपाकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले शनिबार सचिवालय बैठक बस्नैपर्ने बताउनुभएको छ । थापाथलीको इञ्जिनियरिङ क्याम्पसमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरूको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपामा दुई अध्यक्षबीच विवाद चर्किँदै गएका बेला दाहाल–नेपाल समूहका विद्याथीहरू भेला भएका हुन् । विद्यार्थीहरूको भेलालाई नेकपाका स्थायी कमिटी सदस्...

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने विश्वास

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने विश्वास
काठमाण्डौ । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको आइतबार हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भइ द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ । नेपालबाट दुईपटक रक्षामन्त्रीको चीन भ्रमण भइसकेकाले बेइजिङबाट पनि रक्षामन्त्रीको भ्रमण हुनुलाई असामान्...

यस्तो छ प्रधानमन्त्री ओलीको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ प्रधानमन्त्री ओलीको प्रतिवेदन (पूर्णपाठ)
प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले .खासै महत्व नदिँदा पनि हुने थियो । तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुला...

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न : अल्पमत र बहुमतमा जान तपाई तयार हो ?

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न : अल्पमत र बहुमतमा जान तपाई तयार हो ?
काठमाडौं । प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अल्पमत र बहुमतबाट जाने भए एकताको आधार र विधान संशोधन गरेर जान चुनौति दिनुभएको छ । सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा उहाले महाधिवेशनबाट विचार, संगठन संरचना र नेतृत्व खुल्ला प्रतिष्पर्धाका आधारमा चयन गर्न तयार हो भनि दुई नम्बरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न सोध्नु भएको छ । प्रधानमन्त्री ओलीले आफु त हरेक पदमा निर्वाचनबाटै लडेर आएको बताउदै तपाई तयार हो भने म पनि तयार रहेको उल्लेख गर्नुभएको छ । ...

कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा

कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा
चितवन । कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । आज (शनिबार) कालिकामा आयोजित कार्यक्रममा १०१ सदस्यीय फाउण्डेशन र १०१ सदस्यीय स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको हो । मदन भण्डारी फाउण्डेशन नगर कमिटीको अध्यक्षमा केशव लामा रहनु भएको छ । समितिका उपाध्यक्षहरुमा लक्ष्मण पौडेल, भोजराम थपलिया र ज्योति सुनार रहनु भएको छ भने सचिवमा सिपी अधिकारी, कोषाध्यक्षमा विमला लामा र सहसचिवमा होमनाथ मरहठ्ठा चयन  हुनु भएको छ । यस्तै मदन भण्डारी स...

नेकपाको सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित

नेकपाको सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित
काठमाडौं। सत्तारुढ नेपाल कम्युष्टि पार्टी नेकपाको सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूमाथि लागेका आरोपको जवाफ र पार्टी एकतालाई बलियो बनाउने गरी आफ्नो धारणा राख्नुभएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार बैठकले अध्यक्ष ओलीको प्रतिवेदन अध्ययनका लागि तीन दिनको स...

शनिबार बस्ने नेकपा  बैठकमा अध्यक्ष ओलीको प्रस्ताव पेश हुने

शनिबार बस्ने नेकपा  बैठकमा अध्यक्ष ओलीको प्रस्ताव पेश हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  को सचिवालय बैठक भोलि शनिबार १ बजे बस्ने भएको छ । यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो । यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव पेश गर्नुभएको थियो । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन । अर्का अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्तावलाई आरोपपत्रको संज्ञा दिनुभएको छ । सचिवालयका एक सदस्यका अनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको...